अपाङगता परिचयपत्र निर्माण तथा नवीकरण जारी

0
411

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरस्थित अपाङगता परिचयपत्र वितरण समन्वय समितिले प्रत्येक महिनाको १० र २० गते नगरपालिका कार्यालयमा अपाङगता परिचयपत्र निर्माण, नवीकरण र वितरण कार्य गर्दै जनाएको छ ।

सोमवार नगर उपप्रमुख एवम् समन्वय समिति संयोजक यमुना विष्ट वास्तोलाको समुपस्थितिमा अपाङ्गता परिचयपत्र निर्माण, नवीकरण गर्ने काम भएको हो ।

नगर अस्पतालका डा. कमलकान्त चौधरी, समितिका सदस्य सचिव महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल सहित अपाङगता परिचयपत्र निर्माण तथा नवीकरण कार्यमा सहभागिता रहेको थियो। अपाङगता भएर हिडडुलमा समस्या व्यहोरिरहनु भएको वडा नम्बर १ सुनाखरी चोकका ६० वर्षीय दिलबहादुर तामाङको घरमै गएर अवस्था जाँच पनि गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here