पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर -८ स्थित दोहोलु शुक्रबारेमा पथरीशनिश्चरे नगरपालिकाको सहयोग र नुमाफुङ महिला समूहको आयोजनामा पैंतालीस दिने ढाकातान तालिम सुरु भएको छ ।
प्रमुख अतिथीको रूपमा पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना बिष्ट बास्तोलाले महिलाहरु सामाजिक र आर्थिक परिवर्तनमा सिपमूलक तालिमहरु मार्फत दक्ष भएर आत्मनिर्भर बन्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो ।
मन्तव्यको क्रममा नेपाल कम्युनिस्ट पार्टी (एमाले) पथरीशनिश्चरे- ८ का अध्यक्ष नवीन कार्कीले यो ढाकातान समूहलाई एउटा ढाका कम्पनीका रुपमा अगाडि बढाएर उत्पादित सामाग्रीको बजारको व्यवस्थापन गरि ग्रामीण भेगका महिलाहरूको आर्थिकस्तरमा विकास गर्न आफूहरुले सहयोग गर्ने बताउनुभयो । कार्कीले युवा तथा महिलाहरुलाई “माछा दिने नीति भन्दा पनि माछा मार्नसक्ने सिप ” सिकाएर सधैको लागि आत्मनिर्भर बनाउने आफ्नो उद्देश्य रहेको बताए ।
नुमाफुङ महिला समूहको अध्यक्ष सुजता लिम्बुले आफूहरुलाई समूह गठन गरिदिएर महिला सशक्तीकरणमा निरन्तर सहयोग गरिएकोमा धन्यवाद व्यक्त गर्दै समूहले महिलाहरुलाई सामाजिक र आर्थिक रुपमा अगाडि बढाउने बताउनुभयाे।
कार्यक्रममा समाजसेवी बाबुराम चौधरी, रमेश कटुवाल, झमक कुरूवाङ्, कमल भण्डारी, जितबहादुर तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।































