खाँडाचक्रमा डडुवा रोगले आलु नष्ट

0
343

मान्म, 

कालीकोटको खाँडाचक्र नगरपालिका–११ स्थित रेगिल गाउँका किसानहरुले लगाएको आलु बाली डडुवा रोगले नष्ट भएको छ । डडुवा रोगले स्थानीय किसानहरुले करिब पाँच बिगाहा जमिनमा लगाएको आलु बाली नष्ट भएको हो ।

आलुबाट आम्दानी राम्रो हुने भएकाले पुरै गाउँका किसानहरुले आलु लगाएको तर रोग लागेपछि पुरै नष्ट भएको स्थानीय किसान मनसरा शाहीले बताउनुभयो । “विगतमा आलुबाट हामीले राम्रै आम्दानी लिने गरेका थियौं”, उहाँले भन्नुभयो, “यो वर्ष के भएर हो खै गाउँमा लगाएको सबै आलु नष्ट भएको छ ।”

नगरपालिकाको कृषि शाखाबाट अनुगमन गर्दा डडुवा रोगबाट आलु नष्ट भएको जानकारी आएको नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताउनुभयो । “डडुवाले आलु नष्ट भएका किसानलाई राहत दिइनेछ ।”

केही बारीमा रोगले छुन नसकेपनि केहीबारीमा पुरै नष्ट भएको नगरपालिका कृषि शाखाका प्रमुख भक्तिप्रसाद पाण्डेले जानकारी दिनुभयो । “हामीले अनुगमन गर्दा रसायनिक विषादी प्रयोग गरेको तर प्राविधिक सरसल्लाह विना प्रयोग गरेको देखिएको हुनाले एकदमै डडुवा रोगको समस्या आएको पायौं”, उहाँले भन्नुभयो, “रोग नियन्त्रण गर्न आवश्यक प्रक्रिया .थालेका छौ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here