कोभिड : विवेकाश्रमको स्वर्ण महोत्सव समापन समारोह स्थगन

0
802

झापा, झापाको विवेकाश्रम तथा साङ्गवेद संस्कृत विद्यालयको स्वर्ण महोत्सव समापन समारोह स्थागन गरिएको छ ।
कोभिड महामारीको तेस्रो भेरियन्टका कारण स्वर्ण महोत्सव समारोह स्थागन गरिएको सांगवेद संस्कृत माविका अध्यक्ष छन्दुराम भण्डारीले जानकारी दिए । माघ २१ गतेदेखि फागुन १ गतेसम्म विद्यालय परिसरमा श्रीमद भागवत महापुराणसहित विभिन्न पाठात्मक, जपात्मक,हवनात्मक महायज्ञ एवम् संस्थाको स्मारिका लोकापर्ण , पूर्व विद्यार्थी सम्मेलन गर्ने कार्यक्रम रहेको थियो ।


महामारीका कारण आश्रममा सरस्वती मन्दिर एवम् मूर्तिको प्राण प्रतिष्ठा साथै संस्थाका संस्थापक व्रह्रलीन १००८ स्वामी विवेकानन्द पुरी जी महाराजको प्रतिमा अनावरण मात्रै गरिन लागेको अध्यक्ष भण्डारीले जानकारी दिए ।

आश्रममा विगत ५० वर्षदेखि अनवरत रुपमा वैदिक वाङमयको संरक्षण संम्वद्धन गर्दै विभिन्न कार्यक्रम गरिदै आएको थियो । आश्रमले विगत वर्षदेखि नै संस्कृत शिक्षा लिन चाहने विद्यार्थीलाई आवस सहित शिक्षा प्रदान गर्दै आएको छ ।
आश्रम स्थापनाको ५० वर्ष प्रवेशसंगै विमानद्वारा पुष्प बृष्टि सहित स्वर्ण महोत्सव उद्घाटन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here