अग्नि पिडित परिवारलाई सहयोग

0
823

दुहागढी ।

झापा मेचीनगर १४, दुहागढीका अग्नि पिडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी, दुहागढी उपशाखाले राहत सामग्री प्रदान गरेको छ ।
मेचीनगर –१४, सुकुम्बासी बस्तीका बच्चामाई मर्डीको परिवारलाई राहत सामग्री प्रदान गरिएको हो ।

पिडित परिवारलाई नेपाल रेडक्रस सोसाइटी दुहागढी उपशाखाका सभापति गोपिराज मैनालीको नेतृत्वमा गएको रेडक्रसकर्मीको टोलीले त्रिपाल, कम्बल, भाँडाकुँडा र लत्ताकपडा प्रदान गरेको थियो ।

शुक्रबार दिउँसो अचानक भएको आगलागिबाट घरसँगै सम्पूर्ण धनमाल जलेर नष्ट भए पछि पिडित परिवार छिमेकीकोमा शरण लिएर बस्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here