वीरता जेसीजद्वारा दीप प्रज्ज्वलन गरेर शहीदको सम्झना

0
523

बिर्तामोड ।

वीरता जेसीजले शहीद दिवसको अवसरमा आइतबार साँझ बिर्तामोड स्थित जेसीज सचिवालयमा दीप प्रज्ज्वलन गरेको छ ।

शहीदको बलिदान र त्यागका कारण मुलुकको राजनीतिक परिर्वतन भएको सम्झनामा जेसीजले हरेक वर्ष दीप प्रज्ज्वलनको कार्यक्रम गर्दै आएको छ । यस वर्ष कोरोनाको महामारीका कारण जेसीज सचिवालयमा नै दीप प्रज्जवलन गरेर मनाइएको महासचिव टीकाराम खतिवडाले जानकारी दिए ।

कार्यकारीणी उपाध्यक्ष कुशल खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा पूर्वअध्यक्ष वेदप्रकाश अग्रवाल रहेका थिए । शहिदको त्याग र बलिदानकै कारण राणशासनको अन्त्य भएको स्मण गर्दै शहीदहरुको सम्मानका लागि भएपनि राज्यले शहिद दिवसमा सार्वजानिक विदा दिएर उनीहरुको त्यागको सम्मान गर्नुपर्ने प्रमुख अतिथी अग्रवालले बताए ।

नागरिकले  प्राप्त गरेको अधिकार रक्षा गर्दै मुलुकलाई दिगो विकास तर्फ अघि बढाउनका साथै नागरिकको स्वतन्त्रताका लागि शहीदहरुले देखाएको बाटोलाई नेताहरुले भुल्न नहुने कार्यकारीणी उपाध्यक्ष खतिवडाको भनाइ छ ।

दीप प्रज्ज्वलनमा वीरता जेसीजका सम्र्पण पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here