भारतबाट नेपालतर्फ मदिराको अवैध धन्दा, डेढ करोडको मदिरासहित चार जना नियन्त्रणमा

0
232

झापा ।

प्रहरीले एक करोड ५० लाख मूल्य बराबरको मदिरासहित चार जनालाई पक्राउ गरेको छ । भारतबाट चोरी पैठारी गरी नेपाल ल्याई कारोबार गर्ने गरेको गोप्य सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको विशेष टोलीले रेड लेवल, ब्ल्याक लेवल लगायतका मदिरासहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले पर्सा जिल्ला साविक गादी गाविस– ८ बस्ने वर्ष ३९का सन्तोषचन्द्र बख्रेल, कागेश्वरीमनहरा–६ बस्ने वर्ष ३०का शैलेश पन्त, पर्सा, सुवर्णपुर–५ निवासी २८ वर्षीय रवीन पाख्रिन, सर्लाही वरहथवा–९ निवासी ३८ वर्षीय नारायणप्रसाद घिमिरे पक्राउ परेका छन् ।

प्रहरीका अनुसार माघ १४ गते उपत्यकाका रामकोट, बानेश्वर, कपन लगायतका विभिन्न स्थानबाट २९६ कार्टुन मदिरासहित सन्तोष चन्द्र बख्रेलसहित उनीहरु चार जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका चारै जनालाई प्रहरीले प्रारम्भिक अनुसन्धान पश्चातः थप अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाएको बताइएको छ ।

प्रहरीका अनुसार ड्डरवि भन्ने भारतीय नागरिक र नेपाली नागरिक सन्तोषचन्द्र बख्रेलको योजनामा उक्त काम भएको हो । यता दुहबी नगरपालिका–५ दुहबीबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ३२ ट्याब्लेट र नाइट्रोजेन ५० ट्याब्लेटसहित ३ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा इटहरी उपमहानगरपालिका–३का २८ वर्षीय सूर्य घिमिरे, २३ वर्षीय नवराज लिम्बू र सोही उपमहानगरपालिका–१७का २० बर्षीय बिमल केसी रहेका छन् । बिराटनगरबाट इटहरीतर्फ जाँदै गरेको बसलाई प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । त्यस्तै पोखरा महानगरपालिका–३० पावर हाउसचोकबाट करिब १ किलो बराबरको बिस्कुटको आकारमा रहेको सुन जस्तो देखिने धातुसहित सोही महानगरपालिका–१५ रामबजार बस्ने २५ वर्षीय रेशम सुनारलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख २९६९ नम्बरको हाइसलाई वडा प्रहरी कार्यालय गंगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार सुनारलाई लुकाई ल्याएको उक्त परिमाणको धातुसहित फेला पारी पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here