न्यूट्न्स एजुकेशन एकाडेमीको १९औं बार्षिकोत्सव

0
599

झापा ।

बिर्तामोडस्थित न्यूट्न्स एजुकेशन एकाडेमीले १९औं बार्षिकोत्सव कोरोना महामारीलाई मध्यनजर गरी फरक ढंगले मनाएको छ ।

न्यूट्न्सको बार्षिकोत्सवमा आइतवार अनलाइनमार्फत कक्षागत रुपमा विविध सांस्कृतिक प्रस्तुति भएको विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाँईले जानकारी दिए ।

सहभागी विद्यार्थीले अनलाइनमार्फत आफ्ना विविध प्रतिभा प्रस्तुत गरेका थिए । विद्यालय परिसरमा साँझ बार्षिकोत्सवको अवसरमा दीप प्रज्ज्वलन गरिएको थियो ।

दीप प्रज्ज्वलनमा बिर्तामोड नगरपालिका वडा नं. ५की सदस्य भावना आचार्य (भागीरथा), प्याब्सनका बिर्तामोड नगरअध्यक्ष उत्तम खनाल, विद्यालय व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष गोपी प्रसाईं, अभिभावक संघका नरेश भट्टराई लगायतको सहभागिता थियो ।

उनीहरुले कोरोना महामारीको विषम् परिस्थितिमा पनि अनलाइनको माध्यमबाट न्यूट्न्सले विद्यार्थीका लागि प्रभावकारी कक्षा सञ्चालन गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा अझ उन्नतिको कामना गरेका थिए ।

१९औं बार्षिकोत्सवको अवसरमा विद्यालयका संस्थापक हरिकुमार प्रसाईंले सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक तथा कर्मचारीमा शुभकामना व्यक्त गरेका छन् ।

स्वास्थ्य उपचारको सिलसिलामा लामो समयदेखि काठमाडौंमा रहेका प्रसाईंले आफ्नो शिक्षा सेवाको ५ दशकको अनुभवलाई असल र उत्कृष्ट विद्यार्थी उत्पादनमा लगानी गरेको स्मरण गरेका छन् । उनले सबै अभिभावकहरुमा विगतमा झैं सहयोग सहकार्यको लागि आग्रह समेत गरे ।

अहिलेको विषम् परिस्थितिमा अनलाइनमाध्यमको अधिकतम् उपयोग गरी अध्ययनमा विशेष मेहनत गर्न र आफ्ना छोराछोरीले अनलाइन कक्षामा सहभागी हुँदा अभिभावकले समेत विशेष निगरानी गरिदिए सिकाई अझ प्रभावकारी हुने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here