साइसरको जन्मोत्सवमा विद्यालयलाई कम्प्युटर प्रदान

0
765

झापा, कोभिडका कारण लामो समयदेखि विद्यार्थीको पढाई प्रभावित छ । अझ सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी झन् बढी प्रभावित बनेका छन् । कोभिडको यो सन्त्रासमा अधिकांश निजी बिद्यालयले अनलाइन कक्षा सञ्चालन गरेपनि धेरै सामुदायिक बिद्यालय भने अनलाइन कक्षा सञ्चालन गर्नबाट बञ्चित छन् । एक त सबै सामुदायिक बिद्यालयमा उपकरण नै छैन् भने अर्कातर्फ सबै विद्यार्थीको पहुँचमा मोवाइल र इन्टरनेटको सुविधा पुगेकै छैन् ।
विद्यार्थीलाई सानै उमेरदेखि कम्प्युटर शिक्षा प्रदान गर्दै महामारीको यो समयमा अनलाइन कक्षा समेत सञ्चालन गर्ने लक्ष्य लिएको अर्जुनधारा नगरपालिका ५ मा रहेको नवज्योति आधारभूत विद्यालयले उपकरण अभाव मै चाहेर पनि विद्यार्थीलाई सहज रुपमा कक्षा सञ्चालन गर्न सकेको थिएन । तर, बिर्तामोड १ निवासी चौधरी परिवारले आफ्ना छोराको जन्म दिनमा तीन थान कम्प्युटर सहित आवश्यक सामग्री प्रदान गरेसंगै विद्यालय परिवार हर्षित देखिएको छ ।
बिर्तामोड १ निवासी सञ्जय र दुर्गा चौधरीले छोरा साइसरको जन्म दिनमा विद्यालय परिसरमा पुगेर विद्यालय परिवारलाई कम्प्युटर लगायतका सामग्री हस्तान्तरण गरेका थिए । बिद्यालयमा एक संक्षित कार्यक्रमको आयोजना गर्दै चौधरी परिवारले विद्यालय व्यवस्थापन समिति अध्यक्ष विश्ववन्धु थापा,संस्थापक अध्यक्ष जीवन कुमार खतिवडा, विद्यालयका प्रधानाध्यापक कमल भण्डारी, शिक्षक अभिभावक संघका अध्यक्ष ओम प्रकाश लुइटेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
विद्यालय परिवारलाई कम्प्युटर हस्तान्तरण गर्दै सञ्जयले आफूपनि सामुदायिक विद्यालयमा नै अध्ययन गर्दै हुर्किएको र सामुदायिक विद्यालयका विद्यार्थीको अवस्थाका विषयमा आफूलाई राम्रो ज्ञान भएकाले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अध्ययननमा सहयोग पु¥याउन सहयोग गरेको बताएका छन् ।


जन्मोत्सव, विवाह वर्षगाठ जस्ता ‘अकेजन’मा गरिने फजुल खर्चलाई कटाएर विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आधुनिक शिक्षा आर्जनका लागि सहयोग पु¥याउन पाउँदा आफूलाई खुशी लागेको सञ्जयको भनाई छ ।
कम्प्युटर हस्तान्तरण समारोहमा चौधरी परिवारका तर्फबाट विद्यार्थीलाई खेल सामग्री समेत प्रदान गरिएको थियो ।
विद्यालय परिवारका तर्फबाट बोल्दै विद्यालयका संस्थापक अध्यक्ष खतिवडाले अहिलेसम्म विद्यालयमा जन्मोत्सव मनाउँदा यस प्रकारले कसैले पनि नमनाएको र फजुल खर्चलाई कटाएर यसरी पनि जन्म दिन मनाउन सकिन्छ भन्ने शिक्षा चौधरी परिवारले दिएको बताएका छन् ।


सो समारोहमा चौधरी परिवारका तर्फबाट बोल्दै साइरसकी हजुरआमा पार्वती चौधरीले नातीको जन्मदिन विद्यालयमा सबैसंग मनाउन पाउँदा खुशी लागेको बताएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here