दमक,

ताजपुरिया समाज कल्याण परिषद्को पाचौँ केन्द्रीय महाधिवेशन स्थगित भएको छ ।
यही माघ २१ र २२ गते झापाको गौरादहस्थित केन्द्रीय कार्यालयमा हुने तय भएको महाधिवेशन कोभिड–१९ को बढ्दो जोखिमका कारण स्थगित गर्ने निर्णय भएको परिषद्ले जनाएको छ ।
परिषद्का अध्यक्ष गङ्गाराम ताजपुरियाले कोरोना महामारी सङ्क्रमण फैलिन नदिन सरकारले भेला, सभा, समारोहलगायत बढी भीडभाड हुने खालका कुनै पनि गतिविधि सञ्चालन नगर्न गरेको आग्रह अनुसार अर्को सूचना नआएसम्मका लागि महाधिवेशन स्थगित गरिएको बताउनुभयो ।
ताजपुरिया जातिको जनसङ्ख्या नेपालमा एक लाखभन्दा कम रहेको पाइएको छ ।































