हावाहुरीले इलाममा एनटिसीको टावर लडायो

0
632

इलाम,

वर्षासँगै आएको हावाहुरीले इलामको रोङ गाउँपालिका-४ भालुझोडामा रहेको नेपाल टेलिकमको टावर लडाएको छ।

मेचीराजमार्गमा नजिकै रहेको फोरजी टावर लडाएको पत्रकार गणेश अर्यालले जानकारी दिए।

घटनास्थलमा नेपाल प्रहरीले क्षतिको विवरण संकलन गरिरको उनले जनाए। हावाहुरीले राजमार्ग आसपास रहेका रूखहरू समेत लडाएको छ।

रोङकै सिद्धदेवी विद्या मन्दिरको छानो हावाहुरीले उडाएको छ। वर्षापछि इलामको उत्तरी क्षेत्रमा हिउँ पर्दा चिसो बढेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here