सुनसरी ।

सुनसरीको धरान उप–महानगर पालिका–१४ बाट लागूऔषध सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान–१४ का ३४ बर्षीय रमेश परियार, धारान–१० का ४० बर्षीय राजन शाक्य, हरिनगरा गाउँपालिका–६ का २० बर्षीय खुर्सित अन्सारी र २३ बर्षीय अक्ताक अन्सारी रहेका छन् ।
इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १२१ मिलिग्राम ब्राउनसुगर, ४ बोतल डाईलक्स डीसी र नाईट्रोसन २० ट्यावलेट सहित बरामद गरेको हो ।
लागूऔषध सहित पक्राउ परेका चारै जनाको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।






























