पत्रकारलाई धम्क्याउने प्रसाईंलाई कार्वाहीको माग

0
620

झापा ।

पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिने बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईको अभिव्यक्तिको निन्दा गर्दै नेपाल पत्रकार महासंघ झापा शाखाले उनलाई कार्वाहीको माग गरेको छ ।

पत्रकार महासंघ झापा शाखाले शुक्रवार एक विज्ञप्ति जारी गर्दै अस्पताल सञ्चालक प्रसाईले समग्र पत्रकारिताको बदनामसँगै पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ झापाका सचिव डिकेश लामाले हस्ताक्षर गरेको विज्ञप्तिमा गत माघ १९ गते प्रसाईले अस्पतालबारे एक सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्न पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारिताको बदनामसँगै पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्की दिएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ– प्रकाशित÷ प्रशारित समाचारप्रति चित्त नबुझे त्यस विषयमा सम्बन्धित सञ्चार माध्यममा खण्डन प्रकाशन÷प्रशारण गर्ने, सम्बन्धित सञ्चारमाध्यमबाट उचित सुनुवाई नभए न्यायका लागि प्रेस काउन्सिल र अदालत जान पाउने कानूनी हक हुँदा–हुँदै समग्र पत्रकारिता क्षेत्रको बदनाम हुने गरी प्रसाईले दिएको भ्रमपूर्ण अभिव्यक्ति र पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्क्याएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रसाईको उक्त कार्यप्रति खेद जनाउँदै दोषी उपर कारवाहीका लागि महासंघ झापा शाखाले माग गरेको छ । प्रेस स्वतन्त्रता बिरोधी यस्ता हर्कत नदोहो¥याउन सम्बन्धित पक्षलाई महासंघ झापा शाखाले सचेत पनि गराएको छ ।

त्यस्तै, कुनै पनि सञ्चारमाध्यममा आएको समाचारको विषयलाई लिएर अर्को सञ्चारमाध्यमले खण्डन गर्नु पत्रकार आचारसंहिता विपरीत रहेको महासंघले ठहर गरेको छ । महासंघ झापाले पत्रकार आचारसंहिताको पालना गर्न÷ गराउन सबै सञ्चारमाध्यम र पत्रकारहरूलाई आग्रह समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here