पत्रकारलाई धम्की नदिन प्रसाईंलाई महासंघको आग्रह

0
725

बिर्तामोड ।

झापको बिर्तामोड स्थित बीएण्डसी अस्पतालका प्रबन्ध निर्देशक दुर्गा प्रसाईंले पत्रकारलाई धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।

समाचारको विषयमा चित्त नबुझेमा कानुनी बाटो हुँदा–हुँदै पत्रकारलाई धम्की दिएर प्रसाईंले प्रेस स्वतन्त्रता विरोधी हर्कत देखाएको महासंघले जनाएको छ ।

महासंघले शुक्रबार एक विज्ञप्ती जारी गर्दै भनेको–’कुनै पनि सञ्चारमाध्यममा संप्रेशित समाचार प्रति चित्तनबुझे या कुनै गुनासो रहे त्यस उपर कानुनी उपचार खोज्न सकिने प्रावधान र स्थिापित पद्धति छ । यसलाई वेवास्ता गर्दै अस्पताल जस्तो संवेदनशिल निकायका जिम्मेवार ब्यक्तिबाट पत्रकारलाई सार्वजानिक रुपमा ठाडो धम्की दिनु आपत्ति जनक हुनुका साथै प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता विरोधी काम हो ।’

महासंघका महासचिव रोशन पुरीद्धारा हस्ताक्षतिरत विज्ञप्तीमा पत्रकारलाई पेसा प्रति हस्तोत्साहित र त्रसित बनाउने कुनै गतिविधि नगर्न आग्रह गर्दै धम्की दिने प्रसाईंलाई कारबाही गर्न माग गरिएको छ । प्रसाईले गत माघ १९ गते पत्रकार सम्मेलन गरेर पत्रकारलाई सार्वजानिक रुपमा धम्की दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here