दृष्टिविहीन परिवारलाई सहयोग

0
585

बिर्तामोड ।

स्वच्छ समाजका लागि सामाजिक अभियान झापाले ५२ दृष्टिविहीन परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

झापा नेत्रहीन संघसग आवद्ध दृष्टिविहीनहरुले विभिन्न स्थानमा आफ्नो गायन कला प्रर्दशन गरि गुजारा चलाउँदै आएता पनि हालै चिसो बढेसँगै सो कार्य बन्द रहेकोले समस्या भएको भन्दै ३० केजी चामल, दाल, नुन, आदि बिर्तामोड–भद्रपुर–सुरुङ्गा–दमक–गौरीगञ्ज लगायतका ५२ परिवारलाई वितरण गरिएको हो ।

सहयोगी दाताहरु गणेश भट्टराई (दुबई), मकर गुरुङ (अमेरिका), इन्द्र गहतराज, विकास श्रेष्ठ, हिमा घतानी, रिना चौधरी, हेमलता लिम्बू, कृष्णदेवी कार्की, मनोज बजगाई र जुगलकिशोर सहरिया लगायतबाट संकलित ९३ हजार पाँच सय २० रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख ध्रुवकुमार शिवाकोटी, शेरबहादुर थापा, जगतबहादुर मगर, यशोदा बराल, दोर्णप्रसाद निरौला, सुनिता धिमाल, भोला अधिकारी, अभिचन्द्र बाँस्कोटा लगायतले बोलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here