मखमली ढाका जुत्ता र कुक तालिम सञ्चालनमा

0
528

पथरीशनिश्चरे,

पूर्वोत्तर मोरङको पथरीशनिश्चरे -९ मा महिलाका लागि मखमल ढाका जुत्ता निर्माण र दलितका लागि कुक तालिम सञ्चालन भएको छ । नगरको लघु उद्यम विकास शाखाको संयोजनमा १० दिने जुत्ता निर्माण तालिम सञ्चालन गरिएको हो ।

वडा कार्यालयद्वारा प्रदान गरिएको ७० हजार बराबरको आर्थिक सहयोगमा सञ्चालित मखमल ढाका जुत्ता निर्माण तालिमको आज सातौं दिन सन्दर्भमा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले गाउँ वस्तीमै व्यवसायिक वन्नका लागि यस्ता प्रकारका तालिम सञ्चालन गरिदै आएको बताउनुभएको छ ।

उक्त अवसरमा कार्यपालिका सदस्य निर्मला गदाल, वडा सदस्य इन्द्रावती गुरुङ, नगरको लघु उद्यम शाखा प्रमुख हेमचन्द्र दहाल र जुत्ता तालिम सहजकर्ता सावित्रा भट्टराई खतिवडा समेतले मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिममा १० जनाले सहभागिता जनाएका छन् ।

यसैगरी आजै एक हप्ते कुक तालिमको नगर उपप्रमुख वास्तोला सहितले अनुगमन गर्नुभएको छ । केशवप्रसाद खतिवडाको सहजीकरणमा सञ्चालित तालिममा लक्षित तथा दलित कार्यक्रम अन्तर्गत ७० हजारको बजेटमा १० जनाका लागि कुक तालिम सञ्चालन गरिएको हो ।

उक्त तालिम आज तेस्रो दिनमा सञ्चालन भएको हो। यसैबीच, आज नै उपप्रमुख वास्तोलाको अगुवाईमा वडा नं- ९ स्थित महेन्द्रचोक साना किसान कृषि उत्पादक समूहको दुध उत्पादन तथा बिक्रि बितरण बारेमा अनुगमन गर्नुभएको थियो । नगरपालिकामार्फत दु:ध मिसन तथा भैंसी प्रवद्रधन कार्यक्रमबाट दुध उत्पादन र त्यसको विक्री वितरणका बारेमा अनुगमन भएको हो ।

उक्त अवसरमा अन्यत्रको दर भन्दा प्रतिलिटर १० रुपैयाँ बढीमा किसानबाट भैंसी र गाईको दु:ध खरिद गरी संस्थाले विक्री वितरण गर्दै आएको जानकारी दिईएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here