हिमपात पछि किसानलाई सास्ती

0
510

गलकोट,

माघ २१ गते परेको भारी हिमपातले तमानखोला गाउँपालिका–२ भयरबोङ्गा कटेरीका चुडामडी छन्त्यालको दुई हाइटेक टनेलमा क्षति ग¥यो । चार वर्षदेखि सञ्चालित डायमन्ड एग्रो फार्मका रूपमा रहेका दुई टनेलको अकाबरे खुर्सानी र सागमा नराम्रो क्षति भएको छ भने गहुँ र जौ खेती उठ्नै नसक्नेगरी ढाकेको छ ।

उहाँले हिमपात बर्सेनि भइरहने भए पनि यसपटक ठूलो हिपमातका कारण टनेल र तरकारीमा क्षति भएको बताउनुभयो । अहिलेसमेत जिल्लाको उच्च पहाडी क्षेत्रमा परेको हिउँ पग्लन नसक्दा किसानलाई सास्ती भएको छ ।

“हिमपातले सदरमुकाम क्षेत्रमा खुसी बनाएको होला, सिँचाइ नभएको सुक्खा ठाउँमा राम्रो पनि ग¥यो, किसानहरु समेत खुसी भएका छन्,” छन्त्यालले भन्नुभयो, “तमानखोलाको उच्च स्थानलगायत उच्च पहाडी क्षेत्रमा भने हिमपातले समस्या भएको छ, मेरो फार्ममा लाखौँको मूल्यबराबरको तरकारी खेतीमा क्षति पुगेको छ ।”

तमानखोला बराहताल आसपासमा अझै हिउँ पग्लन सकेको छैन । भारी हिमपातका कारण किसानको जौ खेती पुरिएको छ । माघ २१ गते शुक्रबार परेको ठूलो हिमपातका कारण जिल्लाको तल्लो भागमा हिउँ खेल्न आन्तरिक पर्यटकको लर्को नै लाग्यो ।

त्यस्तै घोडाबाँधे, सीपलागयतमा हिउँ पग्लेर जनजीवन सामान्य भए पनि पातीहाल्नेमा भने अझै हिउँ पग्लिन सकेको छैन । जिल्लाको तल्लो भागमा हिउँ खेल्न जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सयौँ आन्तरिक पर्यटन त्यस क्षेत्रमा पुगेका थिए । भारी हिमपातका कारण हिउँको खात बनेर बसेको छ ।

जिल्लामा २०६३ साल यताकै ठूलो हिमपात भएको स्थानीयवासीले बताउँदै आएका छन् । हिमपातले हिउँ खेल्ने पर्यटक र खेती लगाएका किसानहरु खुसी भए पनि उच्च पहाडी क्षेत्रका बासिन्दा भने सास्ती खेप्न बाध्य भएका छन् । हिमपातले मध्यपहाडी पुष्पलाल लोकमार्गको पातीहाल्नेमा कष्टकर यात्रा गर्न यात्रुहरु बाध्य भएका छन् । मध्यपहाडी लोकमार्गमा चलेका सवारीसाधनहरु अझै पातीहाल्नेबाट रुकुम जान नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार बागलुङ र पूर्वी रुकुमको सिमानामा बल्लतल्ल सवारी साधन पुग्न सके पनि रुकुमतर्फको सडकमा अझै बाक्लो हिउँ जमेको छ । लगाएको खेतीमा पनि अझै हिउँले ढाकेको छ । उच्च पहाडी क्षेत्रमा गहुँ, जौजस्ता खेतीलाई हिमपात मल जस्तै हुने भए पनि भारी हिमपातले खोती नष्ट हुने सम्भावना रहेको छ । मध्यपहाडी लोकमार्गको सीपदेखि पातीहाल्नेसम्म डोजर लगाएर हिउँ फाल्दासमेत यात्रा सहज बन्न सकेको छैन ।

उच्च पहाडी क्षेत्र ढोरपाटन, तमानखोलाको उच्च पहाडी भाग, गलकोटको घुम्टेमा अझै हिउँ पग्लन नसकेको तमानखोलाका ढालेन्द्र छन्त्यालले जानकारी दिनुभयो । उहाँले हिउँ समयमै नपग्लदा पशुपालक किसानलाई सास्ती भएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here