दुहागढीमा रक्तदान कार्यक्रम सम्पन्न

0
600

दुहागढी ।

झापामा भइरहेको रगत अभावलाई टार्न मेचीनगर १४ दुहागढीमा बिहीवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी दुहागढी उपशाखाको आयोजना तथा स्थानीय युवा रेडक्रस सर्कल, जागरुक युवा युवा क्लब र दुहागढी युवा क्लबको सह आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्रविधिक सहयोगमा मेचीनगर १४ नं. वडा कार्यालय भवनमा सम्पन्न कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए ।

संकलित रगत नेपाल रेडक्रस सोसाइटी झापा शाखाको रक्त सञ्चार केन्द्रमा पठाइएको रेडक्रस दुहागढी उपशाखाका सभापति गोपीराज मैनालीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here