विना निष्कर्ष सकियो गठबन्धनको बैठक

0
612

काठमाडौं,

 

बालुवाटारमा बसेकाे सत्तारूढ दलकाे बैठक

सत्तारुढ गठबन्धनको बैठक सकिएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठक विनानिष्कर्ष सकिएको हो।

यस अघि बिहिबार बसेको गठबन्धनको बैठकमा सहमति हुन नसकेपछि बैठक आज फेरी बोलाइएको थियो। आज पनि बैठकमा सहमति नजुटेपछि अर्को बैठक आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित गरिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।

आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बिहान खुमलटारमा छलफल भएको थियो। प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।

माओवादीले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाइए सरकार छाड्ने तर समर्थन कायमै राख्ने निस्कर्ष निकालेको छ भने एकीकृत समाजवादीले शनिबार मात्र निर्णय गर्ने भएको छ। शनिबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ।

जसपाले भने ठोस निर्णय लिन सकेको छैन । अध्यक्ष यादव माओवादी लगायत दलहरूको निर्णय कुरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पास गर्नुपर्ने पक्षमा छन्।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here