गरिबी निवारण कार्यक्रममा सक्रिय रत्नाकुमारी

0
679

बिर्तामोड ।

झापाको बाह्रदशी गाँउपालिकामा गरिबी निबारण गर्ने उद्धेश्यले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको छ । गाँउपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशीले गाँउपालिकाको विकासका लागि स्वरोजगार कार्यक्रम तथा सुत्केरी स्वास्थ्य कार्यक्रमहरु सञ्चालन गरेको बताइन् ।

उनले गाँउपालिकाको पहिलो लक्ष्य भनेको गरिबी निवारणसंगै स्वरोजगार कार्यक्रम रहेको बताइन् । सोही कार्यक्रम अन्र्तगत उपाध्यक्ष राजवंशीले बिहीबार गाँउपालिकाका १५ परिवारलाई बंगुरको पाठा वितरण गरेकी छन् । गाँउपालिकाको ६ र ७ मा रहेका सन्धान तथा दलित समुदायका १५ परिवारलाई आत्मनिर्भर बनाउदै उनीहरुको आर्थिक वृद्धिका लागि सहयोग गर्ने उद्धेश्यले बंगुरको पाठा वितरण गरेको बताइन् ।

गाँउपालिका उपाध्यक्ष राजवंशीले आर्थिक वृद्धिका लागि सहयोग गरेको भनदै स्थानीयले खुशी ब्यक्त गरेका छन् ।

उपाध्यक्ष राजवंशीले गरिवी निवारण अन्र्तगत नै १२ परिवारलाई जस्तापाता वितरण गरेकी छन् । फुसको छानो हटाउदै अतिविपन्न १२ परिवारलाई जस्तापाता वितरण गरेको उपाध्यक्ष राजवंशीले जानकारी दिइन् ।

गाँउपालिकाबाट छुट्टिएको रकमलाई उपाध्यक्ष कार्यक्रम अनर्तगत विभिन्न शिर्षकमा प्रयोग गरेर गविबी निवारण तथा स्वरोजगार कार्यक्रम सञ्चालन गरिरहेको उपाध्यक्ष राजवंशीको भनाई छ । उपाध्यक्ष राजवंशीले स्वरोजगार बनाउने उद्धेश्यले केही समयअघि मात्रै गाँउपालिकामा ठेला वितरण कार्यक्रम गरेकी थिइन् । उनले चटपटे, पानीपुरी ब्यवसायलाई प्रर्वद्धन गर्दै स्वस्थ्य खाद्य वितरण होस् भन्ने उद्धेश्यले ब्यवस्थित ठेला वितरण गरेको बताइन् ।

उपाध्यक्ष राजवंशीले सुत्केरी महिलालाई समय–समयमा स्वास्थ्य चेकजाँच गर्न प्रेरित गर्दै पोषिलो खाना वितरण कार्यक्रम पनि सञ्चालन गर्दै आएकी छन् । उनले महिलाका सवाललाई आफूले पहिलो प्राथमिता दिएको उल्लेख गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here