बिर्तामोडमा हात्तिपाइले रोग विरुद्वको औषधी सेवन शुरु

0
685

बिर्तामोड ।

राष्ट्रिय हात्तिपाइले रोग विरुद्वको आम औषधी सेवन कार्यक्रम बिर्तामोडमा शुभारम्भ गरिएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले शुक्रवार आयोजना गरेको संक्षिप्त कार्यक्रममा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले औषधि सेवन गरेर शुभारम्भ गर्नु भएको हो ।

कार्यक्रममा नगरपालिकाकि उपप्रमुख पवित्रा महतारा प्रसाई,प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने,शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,स्वास्थ्य शाखा प्रमुख राजिव विष्ट,स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरे लगायतले औषधी सेवन गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले स्वास्थ्यकर्मीहरुको सल्लाहअनुसार सबै नगरवासिले औषधी सेवन गरे हात्तिपाइले रोगबाट सुरक्षित रहन आग्रह गर्नु भयो । अभियान सफलताको शुभकामना व्यक्त गर्दै नगर प्रमुख शिवाकोटीले हात्ति पाइले रोगको औषधी सबैले सेवन गर्न जरुरी रहेको बताउनु भयो ।

बिर्तामोड नगर क्षेत्रभित्र रहेका १ लाख १० हजार ३५५ जना भन्दा बढीलाई हात्तीपाइले रोगविरुद्वको औषधी खुवाइने जनाइएको छ । यस अभियानका लागि बिर्तामोडमा ५५५ जना स्वास्थ्यकर्मी र ३७५ स्वयम्सेवक गरी ९३० जना खटिने छन् । यसको लागि उनीहरुलाई यस अघि नै अभिमुखिकरण तालिम प्रदान गरीएको नगरका स्वास्थ्य शाखा प्रमुख विष्टले जानकारी दिनु भयो ।

हात्तीपाइले रोगविरुद्वको औषधी २ वर्षभन्दा मुनिका बालबालिका,सिकिस्त बिरामी,गर्भवती महिला, सात दिनसम्मको सुत्केरी बाहेकले निर्धक्क सेवन गर्न मिल्ने स्वास्थ्य कार्यालय झापाले जनाएको छ । फागुन २८ गतेदेखि शुरु हुने यो अभियान औषधी खुवाइ नसकुन्जेलसम्म लगातार सञ्चालन हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here