पथरीशनिश्चरेकी उपप्रमुख वास्तोला सम्मानित

0
497

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलालाई नगरका मौरीपालक कृषकहरुले सम्मान प्रकट गरेका छन् ।

कृषि, पशुपंक्षीको प्रवद्रधनमा विशेषगरी मौरीपालन व्यवसायमा प्रोत्साहन गर्दै योजना सञ्चालन गरी व्यवसायका लागि समग्र टेवा पुर्याएको भन्दै पथरीशनिश्चरे मौरीपालक कृषक समूहले सम्मान प्रदान गरेको हो ।

वडा नम्बर ३ मा आयोजित कार्यक्रममा उपप्रमुख वास्तोलालाई सम्मानपत्रले सम्मानित गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गतको साना व्यवसायिक कृषि उत्पादन ( पकेट ) कार्यक्रममा ३ दिने मौरी तालिम समापन कार्यक्रममा सम्मानित उपप्रमुख वास्तोलाले मौरी पालन गरेर मौरीको महजस्तै गुलियो र गुनिलो भइ व्यवसाय प्रवद्र्धन गर्न कृषकहरुलाई शुभकामना व्यक्त गर्नुभयो ।

उक्त अवसरमा कृषि शाखा प्रमृख सावित्रा कार्कीलाई पनि समूहले प्रसंसापत्र प्रदान गरेको छ । समूह अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षताको कार्यक्रममा पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले मौरीपालन व्यवसाय फस्टाउँदो रुपमा अघि बढाउन प्रोत्साहित गर्दै आफुहरुले आवश्यक प्राविधिक सहयोग निरन्तर प्रदान गरिरहने जनाउनु भयो ।

तालिम सहजकर्ता कृषि प्राविधिक सहायक सविना राईले समूहले जमेको अवस्था रहने मौरीको शुद्ध मह उत्पादन गरी विक्री वितरणमा बृद्धि गर्दै गएकोमा खुसी व्यक्त गर्नुभयो । १५ जनाको समूहका लागि नगरको ६ लाख र समूहको ५ लाख गरी ११ लाखको मौरीपालन कार्यक्रम यो वर्ष पकेटको फलोअपका रुपमा सञ्चालनमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here