बिर्तामोडमै विश्वस्तरीय शिक्षा न्यून शुल्कमा

0
720

 

बिर्तामोड, झापाको बिर्तामोड–६ घण्टीबारीस्थित तक्षशिला एजुकेशन फाउण्डेशन (सनसाइन किण्डर हाउस) को १५औं बार्षिकोत्सव तथा होलीमिलन कार्यक्रम सम्पन्न भएको छ ।

विश्वस्तरीय शिक्षा प्रदान गर्ने उद्घोषका साथ स्थापना भएको उक्त विद्यालयले बुधबार कोभिड–१९को सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै जिल्लाका प्रतिष्ठित व्यक्तित्व तथा अभिभावकलाई उपस्थित गराएर कार्यक्रम सम्पन्न गरेको हो । विद्यार्थीकै अगुवाईमा विद्यालयले साँस्कृतिक कार्यक्रमसहित बार्षिकोत्सव र होलीमिलन कार्यक्रम गरेको हो ।

बिद्यालयका प्रिन्सिपल रोहित ढंगेलले घरेलु शान्त वातावरणमा आवश्यक प्राविधिक ज्ञानसहित बिद्यार्थीको चाहना अनुसारको गुणस्तरीय शिक्षा बिद्यालयमा दिइदै आएको बताए । विद्यालयमा अत्याधुनिक सुविधासम्पन्न ल्याबहरु रहेकाले प्रविधिमैत्री शिक्षा विद्यार्थीले तक्षशिलामा प्राप्त गर्ने उनले बताए ।

तक्षशिलाले विद्यार्थीको स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिएको छ । विद्यालयमा जङ्क फुड पूर्णरुपमा निषेध गरिएको विद्यालयले जनाएको छ ।
विद्यार्थीलाई सिक्ने वातावरण सृजना गरी खेल्दै र रमाउँदै तालिम प्राप्त दक्ष शिक्षकहरुले सिकाउने वातावरण वनाएको बताइएको छ । विद्यालयले विश्वस्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने बताउँदै ढुंगेलले अध्ययनका लागि काठमाडौं, भारत र अन्य देशमा जानुनपर्ने बताए । उनका अनुसार तक्षशिलाको विश्वस्तरीय शिक्षाकै कारण भारत र झापा बाहिर पढ्दै आएका कतिपय विद्यार्थी अहिले आफ्नो विद्यालयमा आएका छन् ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिकी संस्थापक अध्यक्ष पूजा गिरीले बिद्यालयले कक्षा १० सम्मको स्वीकृति लिइसकेकोे बताउँदै हाल कक्षा–८ सम्म अध्यापन भइरहेको जानकारी दिइन् । हरेक बर्ष कक्षा ‘अपग्रेड’ गरी १२ कक्षासम्मको पठनपाठन गराइने बताउँदै उनले कक्षा–८ सम्मको अध्यापन भइरहेको बिद्यालयमा तीन सय ५० जना बिद्यार्थी अध्ययनरत् रहेको अध्यक्ष बताइन् । यसवर्षबाट कक्षा ९ को समेत पठनपाठन सुरु हुनेछ ।

विद्यालयकी क्याप्टेन कक्षा ७ कि विद्यार्थी निजरा मेचेले स्वागत गरेको कार्यक्रममा बिद्यालयका निर्देशकहरु मनिष गिरी, अंकित गिरी, श्रदा गिरी बोहोरासहित अभिभावक, बिद्यार्थी, शिक्षा क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विद्यार्थीले विविधविधामा मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुति गरेका थिए ।

फागु अर्थात होली पर्वको महत्वबारे कक्षा ७ की विद्यार्थी प्राची अधिकारीले प्रकाश पारेकी थिइन् । कक्षा ६ कि विद्यार्थी रियाना श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

विद्यालयका अनसार हरेक विद्यार्थीको जन्मोत्सव मनाइदिइने गरेको छ । राष्ट्रिय तथा स्थानीय पर्वहरु विद्यालयमै शिक्षक विद्यार्थीले सामुहिक रुपमा मनाएर मौलिकतालाई महत्व दिदै आएका छन् । त्यस्तै सबै जाति र धर्मावलम्बीको पर्व समेत मनाइन गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवसहरु समेत विद्यालयमा मनाउने र त्यस दिवसका बारे विद्यार्थीलाई बोल्न लगाइने गरेको छ । जसले गर्दा पर्व दिवस बारे विद्यार्थीलाई ज्ञान हुनुका साथै वक्तृत्वकला र नेतृत्व क्षमताको समेत विकास हुने बताइन्छ ।

दुई विगाह क्षेत्रफलमा २० करोड रुपैयाँभन्दा बढीको लागतमा स्थापना भएको बिद्यालयमा विद्यार्थीहरुका लागि ओलम्पिक मिनी स्वीमिङ पुल, फुटवल ग्राउण्ड, वास्केटबल ग्राउण्ड, साइन्स ल्याव, कम्युटर ल्याव, आर्ट रुम, विद्यार्थी अस्वस्थ हुँदा आराम गर्ने कोठा, बालमैत्री शौचालय सञ्चालनमा रहेको विद्यालयका संस्थापक सञ्चाल तथा निर्देशक दीपक गिरीले बताए ।

विद्यालयमा सार्वजनिक पुस्तकालय सञ्चालनमा रहेको र उक्त पुस्तकालय अन्य विद्यालयका विद्यार्थीहरुका लागि समेत खुल्ला गर्ने निर्णय गरिएको उनले बताए ।

११ कट्ठा जग्गामा रहेको सनसाइन किण्डर हाउसमा प्ले ग्रुपदेखि यूकेजीसम्मको पठनपाठन हँुदै आएको छ भने
तक्षशिला एजुकेशन फाउण्डेशनमा कक्षा १ देखि माथिल्लो कक्षा सम्मको पठनपाठन हुदै आएको छ । सरकारी मापदण्ड अनुसारको कक्षाकोठा रहेको बताइएको छ । हरेक कोठामा २५ जना भन्दा कम विद्यार्थी राखेर पठन पाठन गराइदै आएको बताइएको छ । हरेक विद्यार्थीका लागि छुट्टाछ्ट्टै कुर्सी र टेवलको स्मार्ट व्यवस्थापन गरिएको छ । अन्यत्र भन्दा न्यून शुल्कमा विश्वस्तरीय शिक्षा प्रदान गरिदै आएको विद्यालयको दाबी छ ।

प्रिन्सिपल ढुंगेलका अनुसार विद्यार्थीको ज्ञान, सीप, क्षमता र व्यवहार अनुसार शिक्षण सिकाइ गराइदै आएको छ । शैक्षिक गुणस्तर र विद्यार्थीको सिकाइ प्रभावकारी बनाउन वर्षमा ६ पटक शिक्षक अभिभावक वैठक हुने र आवश्यकता अनुसार हरेक अभिभावकसंग छुट्टाछ्ट्टै वैठक पनि गरिदै आएको छ ।
पढाइका लागि तक्षशिला नै किन रोज्ने भन्ने जिज्ञासा हुनेका लागि विद्यालयका संस्थापक तथा शिक्षकहरुको एउटै भनाई छ– एक पटक तक्षशिलाको सबै पक्ष अवलोकन गर्न आउनुहोस्, त्यसपछि आफै थाह पाउनुहुनेछ र उचित निर्णय लिनुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here