कानुनका विधार्थीहरूले गरे मुख्य न्यायधीशसंग अन्तरक्रिया

0
485

पथरीशनिश्चरे, 

पूर्वोत्तर मोरङमै नमुना विद्यालयको रूपमा स्थापित पञ्चायत नमुना माविमा कानुन संकायअन्तर्गत कक्षा -१२ का विद्यार्थीले विराटनगरस्थित मुख्य न्यायालयका मुख्य न्यायधीशसित अन्तरकृया गरेका छन् । कानुन संकायअन्तर्गत कक्षा -१२ मा अध्ययनरत विद्यार्थीले मुख्य न्यायालयका मुख्य न्यायधिश तिलप्रसाद श्रेष्ठसित विद्यार्थीसँग अदालत कार्यक्रममा अन्तर्कृया गरेका हुन् ।

न्याय र न्याय निरुपणसम्बन्धी उठेका प्रश्नमाथि विद्यार्थी नम्रता सुवेदीले वादी पक्षले मात्र बहस गरेको विषयोपर जिज्ञासा राखेकी थिइन् भने अब्बल विद्यार्थी महेन्द्र खातीले बालअधिकार र संविधानतः यसको कार्यान्वयनको सन्दर्भमा आफ्ना जिज्ञासाहरू राखेका थिए । उनले फौजदारी अभियोजन र दिवानी संहिताका बारेमा आफ्नो उमेर समुहका मानिसमाथि शतप्रतिशत न्याय हुन नसकेको गुनासो पोखेका थिए ।

सोहि क्रममा अर्की विद्यार्थी पार्वती बानियाँले समाजमा बालिका बलात्कृत हुँदै गएको घटनाहरू उल्लेख गर्दै बालिका बलत्कार भएपछि हुने सामाजिक दुर्व्यवहार र अपराधजन्य घटनाबारे प्रश्नोत्तर गरेकी थिइन् । विद्यार्थी सन्ध्या राईंले पनि गर्भवती महिला र आमाको नामबाट नागरिकता प्राप्तिमा जटिलता रहेको तथ्य उल्लेख गर्दै ती आमाको कोखबाट जन्मेका बालबालिकाले समयक्रममा पाउने सामाजिक न्याय र दण्डबारे सवाल उठाएकी थिइन् ।

कानुनका विधार्थीहरूले उठाएका जिज्ञासा निरूपण गर्दै मुख्य न्यायलयका मुख्य न्यायधिश श्रेष्ठले संघीयता कार्यान्यवनको चरणमा भएकोले धेरै कुरा संशोधन हुँदै र थपिँदै गएकोबारे प्रस्ट्याउँनु भयो । १८ वर्षमाथिका मानिसबाट जबरजस्तीकरण गरे कडा सजाय हुने, अपराधजन्य भए पनि वा सहमतिबाटै यौनसम्पर्क भए यसलाई बलत्कार कसुरअन्तर्गत सजाय हुने कानुनी व्यवस्था रहेको बताउनुभयो । आजीवन कारावासलाई २० वर्षबाट बढाएर २५ वर्ष बनाइएको र न्यायसम्पादन गर्दा उचित र अनुचित दसी प्रमाणको आधारमा कारबाही हुने कानुनतः व्यवस्था रहेको खुलासा गरेका थिए । अपराध गर्नुका कारणको तह र प्रकृतिअनुसार सजाय हुने व्यवस्था रहेको दर्शाउँदै कतिपय सन्दर्भमा आजीवन सजाय व्यवस्थापनबारे बहस हुँदै गरेको बताएका छन् ।

उक्त कार्यक्रममा विद्यालयको तर्फबाट भूमिप्रसाद पाठक, प्रमिला न्यौपाने र इन्द्रकुमार लुइँटेलले सहजीकरण गरेका थिए भने अदालतको तर्फबाट रजिस्टार जितेन्द्रबहादुर थपलिया र शाखा अधिकृत ओमराज सुवेदीले सहयोग गर्नुभएको थियो । थपलियाकै सहयोगमा विद्यार्थीहरूले विभिन्न विषयगत मुद्दा फाँटहरूको दृश्य समेत अवलोकन गरेकाे सो विद्यालयका प्राचार्य अर्जुन कुमार बुढाथोकीले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here