केपी ओली नेपाली राजनीतिका अराजक पात्र हुन् : नेता पौडेल

0
672

काठमाण्डौं ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले केपी शर्मा ओली नेपाली राजनीतिका अराजक पात्र भएको बताएका छन्।

लमजुङको मध्यनेपालमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसका प्रभावशाली नेता पौडेलले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओली नेपाली राजनीतिकै अराजक पात्र भएको आरोप लगाएका हुन् ।

नेता पौडेलले भने, ‘दुई तिहाइ मत पाएर सरकार चलाउने म्यान्डेट पाएका ओलीले आफ्ना समकक्षीलाई पनि सम्मान गर्न सक्नुभए। न सरकारमा हुँदा आफ्ना समकक्षीलाई सम्मान गर्नुभयो न बाहिर हुँदा । पार्टी भित्र र बाहिर उहाँले कसैलाई सम्मान गर्न सक्नुभएन। उहाँमा बढि नै अहमता छ । सरकारमा हुँदा कार्यकर्तालाई अरिङ्गाल भएर टोक भन्ने कहिले के भन्ने‘ ।’

‘निर्वाचनमा जनताले जहिले पनि घोषणापत्रलाई हेरेर उम्मेदवारलाई भोट दिने गरेका छन्। घोषणालाई अनुमोदन गर्ने गरेका छन्। तर दलले कहिल्यै पनि जनमतलाई कदर गरेनन् । अहिले एमालेले पनि जनमतलाई बुझेन । दुई दुई पटकसम्म संसद्को हत्या गर्यो, ‘ नेता पौडेलले थपे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here