कमल–३मा बिद्यालय अनुगमन

0
558

कमल ।

झापाको कमल गाउँपालिका वडा नम्वर–३ ले आफ्नो वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रम अन्तर्गत शुक्रवार वडामा रहेका विद्यालयको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा वडा नम्वर–३को केराधाप स्थित कञ्चनजङ्गा आधारभूत विद्यालयको अगुगमन गरेको हो । जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, बालक्लवका प्रतिनिधि, संघ–संस्थाका प्रतिनिधि, वडाकार्यालयका कर्मचारी र सञ्चारकर्मीसहितको टोलीले अगुगमन गरेको वडाध्यक्ष नरप्रसाद दंगालले जानकारी दिए ।

कमल गाउँपालिका कार्यपालिकाको २०७७ साल फागुन १२ गते बसेको बैठकको निर्णय अनुसार ‘खुशी राखाँै बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार’ भन्ने नाराका साथ गाउँपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहका रुपमा घोषणाका लागि हरेक वडाले प्रतिवद्धता जनाएका थिए ।

बालमैत्री गाउँपालिका घोषणा गर्नका लागि आवश्यक पर्ने ५१ वटा सूचकमध्ये वडा नम्वर–३ अधिकांश सूचक पूरा गरेको वडा कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here