वुद्धशान्तिमा स्थानीय तह कर्मचारी युनियनको अधिवेशन सम्पन्न

0
572

झापा,स्थानीय तह कर्मचारी युनियन नेपाल गाउँ इकाई समितिको दोस्रो अधिबेशनले भिष्म सिटौलाको अध्यक्षमा १३ सदस्यीय समिति गठन गरेको छ ।
वुद्धशान्ति गाउँपालिकामा कार्यरत कर्मचारीहरुको अधिवेशनले सिटौलाको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । उमा उप्रेती र सागर वुढा क्षेत्री उपाध्यक्ष , शिव श्रेष्ठ सचिव, विजय राई सह सचिव र मनिषा ढकाल कोषाध्यक्ष रहको समितिमा समिरा कुमाल राधादेवी पोखरेल, तारा कुमार गिरी, कोषराज ठाकुर, राधाकृष्ण पौडेल, सञ्जय दाहाल, विक्रम दाहाल, कृष्ण गौतम, दीपा पोखरेल, गणेश सिटुङ मगर, सदस्य रहेका छन् ।
सोही अधिवेशनले कैलाश प्रसाद सिंहको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ । समितिका सदस्यहरुमा ज्योति कुमार दाहाल, मित्रीलाल शर्मा, विवेक यादव र मायादेवी कट्टेल रहेका छन् ।
भिष्म सिटौलाको अध्यक्षता एवम् नेपाली कांग्रेस क्षेत्र नम्वर २ का सभापति खगेन्द्र मैनालीको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यष यज्ञ प्रसाद अधिकारीको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा नेपाल चिया वगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ, स्थानीय तह कर्मचारी युनियन झापाका अध्यक्ष मेघराज वास्तोला, वुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेश भुजेल, नेका वुद्धशान्तिका सभापति चक्र शेर्मा लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमको संचालन दुर्याेधनसिंह राजपुतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here