रामकुमार ल्हेंगे तमुको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन

0
369

बिर्तामोड ।

तमु प्ये ल्हु संघ झापाको प्रथम अधिवेशनले रामकुमार ल्हेंगे तमुको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।

समितिको प्रथम उपाध्यक्षमा श्याम क्रोम्छै तमु, द्धितिय उपाध्यक्ष्मा शान्ता क्रोम्छै तमु, सचिवमा रञ्जित क्रोम्छै तमु, सह–सचिवमा सविना ल्हेंगे तमु कोषाध्यक्षमा नरकुमार प्हच्यु तमु, सह–कोषाध्यक्षमा इन्द्र भुच्चा तमु चयन भएका छन् ।

त्यस्तै सदस्यमा वीरबहादुर ल्हेंगे तमु, निर्मला ल्हेगेस्यो तमु, सुजता प्हच्यु तमु, अम्वर ल्हेंगे तमु, उत्तम क्रोम्छै तमु, दीपक ल्हेगे तमु, शिरोमणि ल्हेगे तमु, पवित्रा क्रोम्छै तमु, श्रीलाल प्हच्यु तमु र हेम भुच्चा तमु चयन भएको जनाइएको छ ।

गुरुङ जातीको मौलिक धर्म, संस्कार, संस्कृतिको संरक्षण र जातीय भाष, भेषभूषा, इतिहास, पहिचान र अस्तित्व बचाउने उदेश्यले संघको गठन गरेको हो । झापाको बिर्तामोडमा शनिवार भएको झापा जिल्लास्तरीय प्रथम अधिवेशनले आगामी कार्यकालको लागि समिति चयन गरेको हो ।

झापा जिल्ला अध्यक्ष रामकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष हितकाजी तमु गुरुङको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संघका झापा उपाध्यक्ष श्याम गुरुङले गरेको कार्यक्रममा प्रमुख अतिथि गुरुङ, संघका ताप्लेजुङ अध्यक्ष युवराज लेगे गुरुङ, केन्द्रीय सल्लाहकार टेकबहादुर लम तमुलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्य, चितवन, ताप्लेजुङलगायतका स्थानका तमुहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विचबिचमा सांगेतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन संघका झापा सचिव रञ्जित क्रोमदे गुरुङले गरेका थिए ।

झापामा ५ सय वढी घरधुरी तमुहरु रहेको झापा सचिव रञ्जितले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here