भट्टराई कुल वंश प्रतिष्ठान झापाको अध्यक्षमा धर्मेन्द्र

0
514

बिर्तामोड ।

भट्टराई कुल वंश प्रतिष्ठान झापा जिल्ला समितिको चौथो जिल्ला अधिवेशन शनिबार झापाको बिर्तामोड स्थित आदर्श बैंकेट पार्टी प्यालेसमा सम्पन्न भएको छ।

भट्टराई कुल वंश प्रतिष्ठान केन्द्रिय अध्यक्ष शेरबहदुर भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले आगामी तीन बर्षे कार्यकालको लागि बिर्तामोडका धर्मेन्द्र भट्टराईको अध्यक्षतामा नयाँ जिल्ला कार्यसमिति गठन गरेको छ।

नवगठित जिल्ला समितिको उपाध्यक्षमा गिरीराज भट्टराई दमक , महिला उपाध्यक्षमा शकुन्तला भट्टराई दमक, सचिवमा चन्द्रप्रसाद भट्टराई महाभारा , सहसचिवमा खिबराज भट्टराई हल्दीबारी र कोषाध्यक्षमा कृष्णप्रसाद भट्टराई अर्जुन धारा निर्विरोध निर्वाचित भएका हुन्।

यसैगरी सदस्यहरुमा नेत्र भट्टराई ,राधिका भट्टराई, केशव भट्टराई , गोपाल विर्तामोड, सुवास भट्टराई बिर्तामोड, राजकुमार भट्टराई, तुलसा भट्टराई, टङ्क प्रसाद भट्टराई, डिल्लीराम भट्टराई, रामप्रसाद भट्टराई, चेतराज भट्टराई, कुमारी देवी भट्टराई, महेश भटराई, टिका माया भट्टराई, गंगाराम भट्टराई, घनश्याम भट्टराई, बन्दना भट्टराई, चेतप्रसाद भट्टराई, बल्लब भट्टराई, मातृका भट्टराई, भवानी प्रसाद भट्टराई, रुद्रप्रसाद भट्टराई, रमेश भट्टराई, चन्द्रकला भट्टराई, सोमनाथ भट्टराई, पार्वता देवी भट्टराई, मीरा भट्टराई, चन्द्रकला भट्टराई र महेश भट्टराई रहेका छन्।

यसैगरी सोही अधिवेशनले कुल प्रसाद भट्टराई कुसुम को संयोजकत्वमा तीन सदसीय लेखा समिति समेत निर्वाचित गरेको छ। समितिका सदस्यहरुमा जीवन भट्टराई र रुद्रप्रसाद भट्टराई रहेका छन्। कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई समेत सम्मान गरिएको थियो।

यसैक्रममा अग्रज व्यक्तित्व नन्दिकेशर भट्टराई अर्जुनधारा, प्रतिष्ठानका पूर्व जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद भट्टराई, दमक नगर समितिका अध्यक्ष बुद्धि शेखर भट्टराई, झापाका उत्कृष्ट शाखा हरु मध्ये दुवागढी धाइजन शाखा, अक्षयकोषमा अमूल्य योगदान गर्ने रामप्रसाद भट्टराई, बिर्तामोड नगर समितिका सचिव मातृका भट्टराई लाई दोसल्ला सम्मानपत्र र रुद्राक्षको माला लगाई सम्मान गरिएको थियो। यसैगरी कुल वंश प्रतिष्ठानको जिल्ला अक्षयकोषमा योगदान गर्ने महानुभावलाई समेत सम्मान गरिएको थियो।

प्रतिष्ठानका झापा जिल्ला अध्यक्ष गंगाप्रसाद भट्टराईको सभापतित्वमा सम्पन्न उद्घाटनसत्रमा बिर्तामोड नगर समितिका अध्यक्ष बुद्धिराम भट्टराई, प्रतिष्ठानका प्रदेश एकका अध्यक्ष चन्द्र बहादुर भट्टराई, सुनसरी जिल्ला अध्यक्ष कृष्ण भट्टराई, प्रतिष्ठानका केन्द्रीय सहअध्यक्ष दुर्गाप्रसाद भट्टराई र प्रमुख अतिथि केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराईले प्रतिष्ठान को गरिमा र महत्वको बारेमा प्रकाश पार्दै शुभकामना मन्तव्य राखेका थिए।

अधिवेशनमा सबै कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिका संयोजक प्रेमप्रसाद भट्टराईले जानकारी गराउनुभयो। कार्यक्रममा समितिका सहसचिव कुलप्रसाद भट्टराईले स्वागत गर्नुभएको थियो भने सचिव गिरिराज भट्टराईले कार्यक्रम संचालन गरेका थिए। नवनिर्वाचित अध्यक्ष लगायत सम्पुर्ण पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचन समितिका संयोजक प्रेमप्रसाद भट्टराईले सपथग्रहण गराएका थिए। नवनिर्वाचित अध्यक्ष धर्मेन्द्र भट्टराइले प्रतिष्ठानलाई सुचारू रूपले प्रगतिशील ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here