लोकल कुखुरा पालन तालिम सम्पन्न

0
551

अर्जुनधारा ।

लोकल कुखुरापालक कृषकहरुलाई व्यावसायिक बनाउँदै उनीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले एक दिवसीय लोकल कुखुरा पालन तालिम आइतबार झापाको अर्जुनधारामा सम्पन्न भएको छ ।

नगर पशुपंक्षी, मत्स्य तथा कछुवा विकास शाखाको आयोजनामा आयोजित उक्त तालिमको नगर कार्यपालिका सदस्य एवम् नगर आर्थिक विकास समितिकी संयोजक दिलमाया दासले उद्घाटन गरेकी थिइन् ।

नगर आर्थिक विकास समितिकी संयोजक दासको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य हरिमाया भण्डारी दाहाल, प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

शाखा प्रमुख पदमलाल राईले सहजिकरण गरेको तालिममा ५० जना कृषकको सहभागिता रहेको थियो । तालिममा खोरको व्यवस्थापन, जैविक सुरक्षा र खोरको सफाई, ब्रुडिङ व्यवस्थापन, व्यवस्थापनका अभ्यासहरु, व्यावसायिक रुपमा महत्वपूर्ण रोगहरुलगायतका विषयमा सहभागिहरुलाई जानकारी गराइएको थियो ।

शाखा प्रमुख राईले औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन पशु सेवा प्राविद्यिक बेनुकुमार बस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here