पथरीशनिश्चरे नगरको मेयर पदका लागि विभिन्न आकांक्षी

0
526

छविराज ढकाल,
पथरीशनिश्चरे ।

स्थानीय तह निर्वाचनको मिति नजिकिँदैसंगै मोरङको पथरीशनिश्चरे नगरपालिकाको विभिन्न पदका विभिन्न दलका आकांक्षीहरूले उम्मेदवारी पाउन दौडधुप बढाएका छन् ।

आगामी बैशाख –३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा भएसँगै पथरीशनिश्चरे नगर क्षेत्रमा पनि चुनावी सर्गर्मी बढ्न थालेको हो । प्रमुख दुई ठूला दलहरु नेकपा एमाले र नेपाली कांग्रेस लगायत अन्य दलबाट समेत मेयर पदमा आफ्नो उम्मेदवारी पाउन आकांक्षीहरुले लबिङ थालेको बताइएको छ ।

कूल १० वटा वडा भएको पथरीशनिश्चरे नगरपालिकामा अघिल्लो निर्वाचनमा मेयर, उपमेयर र वडा नं १, २, ३, ७ र ९ गरी ५ वटा वडामा नेकपा एमालेका उम्मेदवारहरूले विजय हासिल गरेका थिए ।

आसन्न निर्वाचनमा नेकपा एमालेको तर्फबाट मेयर र उपमेयरका उम्मेद्वार को हुने हुन भन्ने जिज्ञासा र कौतुहलता बढ्दै गएको छ । यसैबीच आसन्न निर्वाचनमा पथरीशनिश्चरे नगरपालिकाको मेयर पदका लागि नेकपा एमालेका तर्फबाट केन्द्रीय सदस्य युवराज बास्कोटा, प्रदेश कमिटी सदस्य तथा संगठन विभाग प्रमुख रामकुमार बस्नेत, नगर प्रमुख तथा प्रदेश कमिटी सदस्य दिलिपकुमार राई, नगर उपप्रमुख तथा जिल्ला कमिटी सदस्य यमुना बिष्ट वास्तोला, पथरीशनिश्चरे नगरका निवर्तमान अध्यक्ष तथा प्रदेश कमिटी सदस्य मोहन तुम्बापो, जिल्ला कमिटी सदस्य भगत थपलिया, नगर प्रवक्ता एवं वडा नं २ का अध्यक्ष यामप्रसाद गुरागाई, प्रदेश कमिटी सदस्य देवराज भण्डारी लगायतको सम्भावित उम्मेदवार बन्ने चर्चा –परिचर्चा हुन थालेको छ ।

त्यस्तै नेपाली कांग्रेसका तर्फबाट अघिल्लो चुनावमा मेयरका उम्मेदवार एवं क्षेत्रीय सभापति गणेश खड्का, क्षेत्रीय प्रतिनिधिद्वय पर्शु कार्की, बद्री निरौला, पूर्व महाधिवेशन प्रतिनिधि नगेन्द्र लिम्बु, प्रदेश अधिवेशन प्रतिनिधि तथा पथरीशनिश्चरे वडा नं ६ का अध्यक्ष जयबहादुर तामाङ, नेपाली कांग्रेस पथरीशनिश्चरे नगर अध्यक्ष रुपनारायण भट्टराई, नगर सचिव सन्तोष कटुवाल र लोकनाथ खरेल मेयर पदको लागि आकांक्षीहरु रहेको कांग्रेसवृत्तमा चर्चा छ ।

नेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा वडा नं ५, ६, ८ र १० गरी चार वटा वडामा विजयी हासिल गरेको थियो । यसैगरी, मेयर पदकै लागि ५ दलीय सत्ता साझेदार दल नेपाल कम्प्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पथरीशनिश्चरेबाट प्रदेश सदस्यहरु क्रमशः मानप्रसाद लिम्बू, दिपक बस्नेत, टंक भण्डारी, नगरअध्यक्ष तथा जिल्ला सचिवालय सदस्य तुलसी ढकाल, जिल्ला सदस्य बिन्दु राई लगायतको उम्मेदवारी दिने इच्छाएको बताईएको छ ।

यसैगरी , नेकपा माओवादी केन्द्रका तर्फबाट भने आंकाक्षीहरु जिल्ला सदस्य तथा सह– इन्चार्ज बालकुमार मगर (विकास), प्रदेश सदस्य एवं नगर इञ्चार्ज दिनानाथ तिम्सिना, जिल्ला सदस्य तथा नगर सह–इन्चार्ज नेत्र पोखरेल, प्रदेश सल्लाहकार तथा गत निर्वाचनको मेयरका उम्मेद्वार जहरमान लिम्बू, नगरका उपाध्यक्ष प्रेम ढकाल र नगर सदस्य मदन पोख्रेलको नाम पनि चर्चामा रहेको छ ।

यस अघिको चुनावमा माओवादीले वडा नं। ४ मा विजयी हासिल गरेको थियो । पथरीशनिश्चरेमा एमाले र कांग्रेस बाहेक अन्य पार्टीले वडा तहमा एक्लाएक्लै जित्न सक्ने सम्भावना कम रहेको छ। यद्यपि ति दुई दलसँगै गठबन्धन गरेर केही वडाको नेतृत्व हात पार्न कांग्रेस–एमाले वाहेकका पार्टीहरुले प्रयास गरिरहेको चर्चा छ ।

यसैक्रममा जनता समाजवादी पार्टीले गठबन्धन भएमा सोही अनुसार अघि बढ्ने ,सो नभएमा नगर अध्यक्ष फिपराज बेघालाई मेयरको उम्मेद्वार बनाउने बुझिएको छ । नेकपा एमाले इतरका पाँच दलीयसत्ता साझेदार दलहरुको गठबन्धनले संयूक्त मोर्चा बनाएर चुनावी मैदानमा उत्रिए मात्र मेयरको पदका लागि जीत हासिल गर्ने विश्लेषण हूने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here