प्रदेश नं १ मा कृषि र खाद्यसम्बन्धी अनुसन्धान केन्द्र स्थापन गरिने

0
357

मङ्गलबारे,

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकुलपति डा सुनिलबाबु श्रेष्ठले प्रदेश नं १ मा कृषि र खाद्य सम्बन्धी अनुसन्धान केन्द्र स्थापन गरिने बताउनुभएको छ ।

इलाममा मङ्गलबार आयोजित विज्ञान प्रविधिमा साहित्य, कला, नाट्य, सङ्गीत गोष्ठीमा बोल्दै उहाँले सातै प्रदेशमा विज्ञान प्रविधिका क्षेत्रमा कुनै न कुनै किसिमको अनुसन्धान केन्द्र स्थापना गरिने बताउनुभएको हो ।

उहाँले मधेस प्रदेशमा चुरे संरक्षण र विज्ञानसम्बन्धी अनुसन्धान केन्द्र स्थापना गरिने उल्लेख गर्दै विज्ञान र साहित्यलाई सँगसँगैँ लैजानुपर्ने बताउनुभयो । विश्वमा साहित्य र विज्ञानको संयोजन भइरहेको अवस्थामा विज्ञान बुझाउन साहित्यले काम गर्ने भएकाले यी दुबैलाई सँगसँगै लिएर जानुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ बुलन्द थापाले विज्ञान प्रविधि, कला र समाज विषयक, महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामकी उपप्राध्यापक सरिता निरौलाले विज्ञान तथा प्रविधिमा नाट्य अध्ययन विषयक, क्याम्पसकै शिक्षण सहायक मुकुन्द गुरगाइँले नेपाली गद्य साहित्यमा विज्ञान र कवि तथा सञ्चारकर्मी केदार शर्माले नेपाली कवितामा विज्ञान विषयक विषयक कार्यपत्र प्र्रस्तुत गर्नुभएको थियो ।

उहाँहरुको कार्यपत्रमाथि प्राध्यापक केशबहादुर राई, रोमनाथ शर्मालगायतले टिप्पणी गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here