नेपाल र भारतका विदेशमन्त्रीबीच कोलम्बोमा भेटवार्ता

0
461

काठमाण्डौं । 

परराष्ट्रमन्त्री नारायण खड्का र भारतीय समकक्षी एस जयशंकरबीच आज श्रीलंकाको कोलम्बोमा भेटवार्ता भएको छ । दुवै मन्त्रीहरुबीच कनेक्टिभिटी, ऊर्जा, कृषि मल र स्वास्थ्यसम्बन्धी विषयमा कुराकानी भएको भारतीय विदेशमन्त्री जयशंकरले जानकारी दिएका छन् ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को १८ औं मन्त्रिस्तरीय बैठकमा सहभागी हुन कोलम्बो पुगेको खड्का र जयशंकरबीच साइडलाइन भेटवार्ता भएको जनाईएको छ।

त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो । आगामी शुक्रबारदेखि प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न लागेको भारतको औपचारिक भ्रमणको जारी तयारीका बारेमा पनि दुवै देशका विदेशमन्त्रीबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतका बाह्यमामिलामन्त्रीले परराष्ट्रमन्त्री खड्कासँगको भेटमा भारत–नेपाल सम्पर्क सञ्जाल विस्तार, विद्युत् व्यापार, मलखाद आपूर्ति, ऊर्जा र स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्नेबारेमा छलफल भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले रामायण सर्किटलाई अघि बढाउन आफूहरूबीच सहमति भएको पनि उल्लेख गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here