कांकरभिट्टा क्यापसमा राप्रपाको विद्यार्थी संगठन विस्तार

0
323

झापा ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा विद्यार्थी संगठन विस्तारलाई तिब्रता दिएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिएसंगै विभिन्न गतिविधिलाई सक्रिय बनाएको राप्रपाले विद्यार्थीहरुलाई एकिकृत गर्ने उद्धेश्यले संगठन विस्तारलाई तिब्र बनाइएको जनाइएको छ ।

सोही क्रममा कांकरभिट्टा स्थित कांकरभिट्टा बहुमुखी क्याम्पसमा संजोग खनालको अध्यक्षतामा २१ सदस्य राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन गठन गरेको छ । समितिको उपाध्यक्षद्धयमा सुमिता विक र सीता लिम्बू, सचिवमा सन्दिप न्यौपाने, सहसचिवमा सञ्चित प्रधान र कोषध्यक्षमा कुसुम निरौल चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा दिपेश लिम्बू, अञ्जली चम्लागाईं, रियाना थापा, सलिना राई, भवना तामाङ, सोबियत श्रेष्ठ, लिलम शिवाकोटी, दिपीका लिम्बू लगायत रहेका छन् ।

झापामा युवा शक्तिलाई एकिकृत गर्दै पार्टीका हरेक गतिविधिलाई चलायमान बनाउन बिर्तामोड, अर्जुनधारा, मेचीनगर लगायतका स्थानमा विद्यार्थी संगठन विस्तारको काम तिब्र रुपमा अघि बढाइएको कृष्ण अग्रवालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here