उत्कृष्ठ उद्यमीलाई सम्मान सहित सहाराको बिर्तामोड सेवा केन्द्रले मनायो छुट्टै वार्षिक उत्सव

0
339

झापा,  झापाको बिर्तामोड २ चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल साकोसको बिर्तामोड सेवा केन्द्र उत्कृष्ठ सेवा केन्द्रमा पर्छ ।
संस्थाको २७ औं वार्षिकोत्सवका अवसरमा सेवा केन्द्रले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो सेवा केन्द्रमा सात हजार २ सय ७८ जना सदस्य रहेका छन् । ६२ करोड ६५ लाख २९ हजार रुपैयाँ बचत गरेको यो सेवा केन्द्रले नाफा मात्रै २ करोड ९७ लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । ६१ करोड ८० हजार रुपैयाँ लगानी गरेको यो सेवा केन्द्रले अन्य सेवा केन्द्रले झैं २७ औं वार्षिक उत्सवका अवसरमा संस्थाको केन्द्रीय कार्यालयको नीति अनुसार सहाराले हाँसिल गरेको उपलब्धी सहितको विवरण सार्वजनिक गर्दै औपाचारिक कार्यक्रम सम्पन्न गरेको छ ।


सेवा केन्द्र सहयोग समिति संयोजक रामप्रसाद रोकाको अध्यक्षता तथा बिर्तामोड ५ का वडाध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच उत्कृष्ठ उद्यमीलाई सम्मान सहित लघुवित्त समूहमा आवद्ध सदस्य तथा निजका श्रीमानको मृत्यु भएका परिवारको ऋण मिनाह गरेको छ । सहकारीले लघुवित्तमा आवद्ध सदस्य तथा निजका श्रीमानको मृत्युमा १४ परिवारको ऋण मिनाह गरेको हो । समूहमा आवद्ध सदस्यका लागि १६ लाख २० हजार रुपैयाँ ऋण मिनाहको घोषणा सेवा केन्द्र प्रमुख लक्ष्मी प्रसाद रिजाालले गरेका थिए ।


चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा संस्थामा आवद्ध ८४ जनाको परिवारमा मरिमराउ भएको र संस्थाको नियम अनुसार उनीहरुको परिवारमा सरह बापत ३० हजार रुपैयाँका दरले २५ लाख २० हजार रुपैयाँ प्रदान गरिएको सेवा केन्द्र प्रमुख रिजालले बताए । त्यस्तै बार्षिकी खर्च बापत संस्थाले ५३ लाख १० हजार रुपैयाँँ चालू आर्थिक वर्षमा वितरण गरेको बताइएको छ । यो रकम १ सय ७७ जना शेयर सदस्यलाई वितरण गरिएको रकम हो संस्थाका सेवा केन्द्र प्रमुख रिजालले बताए । संस्थाले वार्षिक खर्च स्वरुप प्रति शेयर सदस्य ३० हजार रुपैयाँ सहयोग गर्दै आएको छ ।


संस्थाका सदस्य कृष्ण वहादुर थापााले स्वागत गरेको कार्यक्रममा उत्कृष्ठ उद्यमीका रुपमा कोष कुमारी सेढाई र हिमादेवी प्रधानलाई सम्मान गरेको छ ।
कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान चौतारीका संयोजक दीलिप शर्मा र ज्येष्ठ सदस्य तेजराज खनाल सहित विर्तामोड ५ का वडाा सदस्य ढाँचााराज कडरियाको आतिथ्य रहेको थियो ।
‘मेरो गौरव मेरो सहारा, सधैको लागि सबैको लागि’ भन्ने नारा सहित आयोजित कार्यक्रममा सहकारीमा आवद्ध सदस्यको उल्लेख्य सहभागीता रहेको थियो ।

यो संगै सहकारीले सोमवार साँझ संस्थाको बिर्तामोड सेवा केन्द्रमा दीप प्रज्वलन समेत गरेको छ ।
६ जिल्लामा सेवा विस्तार गरेको सहारा नेपाल सहकारी संस्थाका हाल झण्डै ८० वटा सेवा केन्द्र रहेका छन् । सवै सेवा केन्द्रले फरक फरक कार्यक्रम गरी संस्थाको वार्षिकोत्सव मनाएका हुन् । यता मुख्य कार्यालयले समेत फरक कार्यक्रमको आयोजना गर्दै संस्थाको वार्षिकोत्सव मनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here