‘एमालेको उम्मेदवार छनौट आधिकारिक होइन’

0
712

झापा, आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेतर्फबाट उम्मेदवार छनौट गरिएको समाचार दिनहुँ सार्वजनिक भइरहँदा पार्टीका जिल्ला अध्यक्षले त्यसलाई आधिकारिकता बिनाको सूचना भनेका छन् ।


एमाले जिल्ला अध्यक्ष दीपक कार्कीले शनिवार एक बिज्ञप्ति सार्वजनिक गर्दै हाल सामाजिक सञ्जालमा उम्मेदवार छनौट भइसकेको भन्ने सूचना आधिकारिक नभएको जनाएका हुन् । स्थानीय तहका प्रतिनिधि छनौट गर्ने विधिहरु अवलम्बन गरिरहेको स्वीकार गर्दै विज्ञप्तिमा लोकप्रिय, निष्ठावान, प्रतिबद्ध उम्मेदवार छनौट गर्न पार्टी कमिटीले अतिरिक्त जनवाद प्रयोग गरिरहेको उल्लेख छ । स्थानीय तहको निर्वाचनको पूर्व तयारीमा जुटेको भन्दै निश्चित अवधिमा उम्मेदवार छनौट प्रक्रिया सम्पन्न गर्ने अध्यक्ष कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । यसअघि झापाका विभिन्न स्थानीय तहमा जनप्रतिनिधि छनौट गर्न आन्तरिक सहमति र निर्वाचन प्रक्रिया अवलम्बन गरिएको थियो । त्यसकै आधारमा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा समाचार प्रकाशित भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here