संगठन विस्तार गर्दै स्थानीय तह कर्मचारी युनियन

0
473

झापा,  स्थानीय तह कर्मचारी युनियन नेपाल झापाले बिर्तामोडमा संगठन विस्तार तथा क्षमता विकास कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली कांग्रेसको सुवेक्षुक संस्थाका रुपमा रहेको तह कर्मचारी युनियन नेपालले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार तथा क्षमता विकास कार्यक्रम गरेको हो ।
नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको प्रमुख आतिथ्य तथा स्थानीय तह कर्मचारी युनियन नेपाल झापाका सभापति मेघराज वास्तोलाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा स्थानीय तह कर्मचारी युनियन नेपालका महासचिव राम प्रसाद पौडेल, वागमती प्रदेश सचिव गोपाल घिमिरे, नेपाल ट्रेड युनियन कांग्रेस झापाका सभापति यज्ञप्रताव अधिकारी, नेपाल चिया वगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ लगायतले बोलेका थिए ।
स्थानीय तह कर्मचारी युनियन नेपाल झापाकी कोषाध्यक्ष सुजता तामाङले स्वागत गरेको कार्यक्रम कुलदीप गिरीले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here