भारतमा कोरोनाको सङ्क्रमण बढेकाले स्वास्थ्यका मापदण्ड पालना गर्न अपिल

0
357

काठमाण्डाै, 

सरकारले छिमेकी भारतमा कोरोनाको सङक्रमण बढेकाले स्वास्थ्यका मापदण्ड पालना गर्न अपिल गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम रहेको जनाएको छ ।

कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले उच्च प्राथमिकताका साथ खोप अभियान सञ्चालन गरेकाले खोप लगाउन र समयका पुगेकालाई बुस्टर डोज लगाउन आग्रह गरिएको छ ।

मन्त्रालयका प्रवक्ता डा. संगीता कौशल मिश्राले विज्ञप्ति निकालेर सङक्रमण भित्रिन र फैलन नदिन थप जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न/गराउन अनुरोध गर्नुभएको छ ।-उज्यालोबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here