कनकाईमा ठाकुर समाज गठन

0
323

विर्तामोड ।

ठाकुर बन्धुहरुको भेलाले झापाको कनकाईमा नेपाली कांग्रेस निकट ठाकुर समाज गठन गरेको छ ।

नेपाल ठाकुर समाज झापाका अध्यक्ष राजकुमार ठाकुरको अध्यक्षता र नेपाली कांग्रेस कनकाई नगर समितिका सभापति दुर्गाप्रसाद प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले दिनेश ठाकुरको अध्यक्षतामा ७ सदस्यीय ठाकुर समाजको गठन गरेको हो ।

गठित समितिको उपाध्यक्षमा दिलिप ठाकुर, सचिवमा सरोज ठाकुर, कोषाध्यक्षमा आरती ठाकुर र सदस्यहरुमा सुरेश ठाकुर, रञ्जित ठाकुर र प्रिन्स ठाकुर रहनुभएको छ ।

नवगठित समितिलाई जिल्ला अध्यक्ष राजकुमार, प्रमुख अतिथि प्रसाई र विशेष अतिथि रुद्र चिमरियाले शुभकामना दिनुभएको थियो । भेलामा सहभागीहरुले नजिकिएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसमा अत्यधिक मतले जिताउने प्रतिबद्धता पनि जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here