पूजासँग ‘प्रेमगीत’ गर्न नपाएकोमा अनमोललाई पछुतो

0
581

काठमाडौं,

नेपाली फिल्ममा राम्रो स्टारडम बनाएका कलाकार हुन्, अनमोल केसी र पूजा शर्मा । उनीहरु आफ्नो स्टारडमले हलसम्म दर्शक तान्ने सामर्थ्य राख्छन् । पूजाले अनमोलका दुई प्रतिस्पर्धी नायकहरु प्रदीप खड्का र पल शाहसँग फिल्ममा काम गरिसकेकी छन् । तर, अनमोलसँग अहिलेसम्म उनको जोडी बाँधिन सकेको छैन । उनीहरुलाई एकसाथ पर्दामा हेर्ने दर्शकहरुको ठूलो इच्छा छ ।

बुधवार साँझ फिल्म ‘ए मेरो हजुर ४’ हेर्न पुगेकी पूजाले आफूले बनाउने हरेक फिल्मको अफर सबैभन्दा पहिला अनमोललाई गर्ने गरेको खुलासा गरिन् । उनले भनिन्, ‘अनमोलसँग काम गर्न नजुरेको होकी के हो थाहा छैन । मैले बनाउने हरेक फिल्मको अफर पहिला अनमोल कहाँ पुग्छ । तर, विभिन्न कारणले हामीबीच सहकार्य हुन सकेको छैन । तर, हामी चाँडै फिल्ममा काम गर्नेछौं ।’

पूजालाई ‘स्टार’ बनाएको फिल्म ‘प्रेमगीत’ सबैभन्दा पहिला अनमोललाई अफर भएको थियो । उनले अस्वीकार गरेपछि फिल्ममा प्रदीप खड्का भित्रिएका थिए । बुधवार पूजासँगको भेटमा अनमोलले ‘प्रेमगीत’ नगरेकोमा पछुतो रहेको बताए । पूजा शर्माको आफू ठूलो फ्यान रहेको र फिल्ममा काम गर्ने इच्छा रहेको बताउँदै उनले लभस्टोरी फिल्ममा सँगै काम गर्ने इच्छा व्यक्त गरे ।

पूजाले ‘ए मेरो हजुर ४’को प्रशंसामा पनि शब्द खर्चिइन् । पर्दामा अनमोल र सुहानाको लभस्टोरी हेर्दा आफूले आफ्नो प्लस टूको लभस्टोरी सम्झिएको बताउँदै उनले अनमोल र सुहानाको अभिनय मन परेको बताइन् । उनले भनिन्, ‘अनमोलले यति राम्रो काम गर्छ भनेर सोचेको थिइनँ । फिल्ममा मन छुने अभिनय गरेको छ । सुहानाको काम उस्तै राम्रो छ । मलाई फिल्म साह्रै मन पर्‍यो ।’-फिल्मीखबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here