गद्दी बैठक खोलेपछि हनुमानढोका दरबार क्षेत्रमा बढे विदेशी आगन्तुक

0
244

काठमाडौँ,

गद्दी बैठक खुलेपछि हनुमानढोका दरबार क्षेत्रमा नेपालस्थित विदेशी कूटनीतिक नियोगका अधिकारीको भ्रमण बढ्न थालेको छ ।

गत चैत १५ गते गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको थियो । खुला भएपछि आज नेपालका लागि फ्रेञ्च राजदूत जिलेज बोरबाओले अवलोकन भ्रमण गर्नुभएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

उहाँले ग्यालरी, नासलचोक, तस्बिर प्रदर्शनी कक्ष, गहना प्रदर्शनी कक्षलगायत मठ, मन्दिरको अवलोकन गर्नुभएको कार्यालय प्रमुख सन्दीप खनालले राससलाई जानकारी दिनुभयो । एक साताअघि नेपालका लागि चिनियाँ राजदूतले पनि हनुमानढोका दरबार क्षेत्रको भ्रमण गर्नुभएको उहाँले सुनाउनुभयो । चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण टोलीमा आउनुभएका वाणिज्य तथा आपूर्ति मन्त्रीले पनि यस क्षेत्रको भ्रमण गरेसँगै धेरै विदेशी पर्यटकको लर्को यहाँ लाग्न थालेको छ ।

चैत महिनामा एक हजार ३६ विदेशी पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका थिए । यसबाट कार्यालयले रु तीन लाख १० हजार ८०० टिकट बिक्रीबाट शुल्क उठाएको जनाइएको छ । यस अवधिमा १२ हजार ६० जना स्वदेशीले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेका छन् । हनुमानढोका दरबार क्षेत्रमा स्वदेशीका लागि रु ३०, विद्यार्थीका लागि रु १५ र विदेशीका लागि रु ३०० शुल्क तोकिएको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here