कनकाईमा एमालेको विजय निश्चित

0
535

सुरुङ्गा।

नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा अोलीले कनकाई नगरपालिकामा आगामी स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारहरूको विजय सुनिश्चित भएको बताएका छन् ।

बुधबार गणतन्त्र चौक सुरुङ्गा कनकाई नगरको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने चुनावी सभामा प्रमुख अतिथिका रूपमा बोल्दै अध्यक्ष अोलीले एमाले मुलुकको विकासको नेतृत्व गर्ने जनताको प्रिय पार्टी भएको बताए । मुलुकका गौरवका योजनादेखि बालबालिकाका समस्या एमालेले नै हल गर्ने बताए । ज्येष्ठ नागरिकको हृदयमा बस्न सफल पार्टी एमाले मात्रै भएको अोलीले जोड दिए ।

सुरुङ्गा र कनकाईका नागरिक आफैं सचेत भएकाले र एमालेलाई भारी मतले विजय गराउने जनताको निर्णय भइसकेकाले आफूले थप भन्न आवश्यक नरहेको उनको भनाइ थियो ।
हजारौं कार्यकर्ता, समर्थक र शुभेच्छुकको सहभागिता रहेको कार्यक्रममा एमाले नेताहरु देवराज घिमिरे, अग्नि खरेल, सूर्य उप्रेती, बालकृष्ण मैनाली, हीराकुमार थापा, टंकबहादुर कार्की, प्रेमप्रसाद दाहाल लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रम कनकाई नगर ईञ्चार्ज रवीन्द्र लम्सालको अध्यक्षतामा भएको थियो । कनकाई नगर अध्यक्ष खड्गप्रसाद प्रसाईको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन नगर उपसचिव दीपक चापागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here