भवन निर्माणमा सहयोग गर्न आग्रह

0
543

झापा ।

स्थानीय तहको निर्वाचन नजिकिएसंगै राजनीति दलले घर–घरमा पुगेर भोट मागिरहेका बेला कनकाई नगरपालिका -४ शान्ति टोलका युवाहरुले सामाजिक कार्यको लागि राजनीति दलसंग सहयोग मागेका छन् ।

टोल भित्र रहेको श्रीकृष्ण परोपकार संस्थाको भवन निर्माणाधिन अवस्थामै विवादका कारणले रोकिए पछि केहि वर्षयता निर्माण कार्य अगाडि बढाउन नसकिएकोले जिर्ण बन्दै गएको र समयमै बाँकी रहेको काम सम्पन्न गर्न सके भवनको सुरक्षा हुनुको साथै टोलमा आवश्यक कार्यक्रम सन्चालनको लागि पनि सुविधा हुने स्थानीय टिकाराम अधिकारी बताए ।

स्थानीय युवाहरु कैलाश कार्की, बालकृष्ण अधिकारी, होमनाथ भण्डारी समेतको संयोजनमा टोलभरका युवाहरुलाई समेट्दै नगरका राजनीतिक दल साथै नगर भित्र र बाहिर रहेका धार्मिक तथा सामाजिक दाता ब्यक्तित्व हरु समक्ष सहयोगको अपिल गरेका छन ।

सामाजिक भवन निर्माणमा जो कसैले पनि सहयोग पुर्‍याए यहाँका युवाहरुले दाताको कदर गर्दै सहयोगको उच्च मुल्यांकन गरिने अभियानका संयोजक समेत रहेका अधिकारिले वताए ।

चुनावको बेला सबै राजनिती दल र दलका उमेदवारले फजुल खर्च गर्नु भन्दा खर्चलाई कम गरि जिर्ण अवस्थामा रहेको परोपकार संस्थाको भवन निर्माणका लागि सकेको सहयोग गर्न पनि अभियानका युवाहरुले सामुहिक अपिल गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here