पाँच करोडको विपद् कोष बनाउन र दुई अर्बको लगानी भित्र्याउन अन्तर्राष्ट्रिय झापाली समाजलाई सामाजिक अभियन्ता गिरीको प्रस्ताव

0
488

बिर्तामोड ।

एकका लागि एक अभियानका संयोजक तथा सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले विश्वभर रहेका झापालीलाई सामाजिक कामसँगै जिल्लाको दिगो विकासका लागि लगानी भित्र्याउन आह्वान गरेका छन् ।

अन्तर्राष्ट्रिय झापाली समाजको तेस्रो महाधिवेशनको उद्घाटन सत्रलाई शुक्रबार भर्चुअल रुपमा सम्बोधन गर्दै सामाजिक अभियन्ता तथा सहकारीकर्मी गिरीले त्यस्तो आह्वान गरेका हुन् । उनले अन्तर्राष्ट्रिय झापाली समाजसहितको सहकार्यमा कोरोना महामारीको समयमा झापामा सञ्चालन गरिएको एकका लागि एक अभियानबाट हाल ८० लाख रुपैयाँ बचत रहेको विवरण सुनाउँदै जिल्लाको विपद् व्यवस्थापनका लागि पाँच करोडको अक्षयकोष बनाउने प्रस्ताव गरेका छन् ।

गिरीले जिल्लामा विपद् तथा महामारीका बेला उक्त कोषको ब्याजबाट उल्लेख्य टेवा पु¥याउन सकिने बताए । शुरुमा एक करोड रुपैयाँबाट कोषको घोषणा गरेर पाँच करोड रुपैयाँ पु¥याउने हो भने वार्षिक ६० लाख रुपैयाँ ब्याज प्राप्त हुने र त्यसबाट धेरै काम गर्न सकिने बताए ।

उनले जिल्लामा उद्योग स्थापना र व्यवसायिक क्षेत्रमा कम्तीमा अन्तर्राष्ट्रिय झापाली समाज मार्फत दुई अर्बको लगानी भित्र्याउन प्रस्ताव पनि गरे । सामाजिक काम तथा जिल्लाको दिगो विकासको सन्दर्भ होस या त उद्योग व्यवसायमा लगानीका लागि सहकार्य गर्न यहाँका संघ–संस्थासँगै अभियानकर्मीहरु तयार रहेको पनि गिरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here