भोट माग्दै घरदैलोमा व्यस्त अनिल

0
625

बुद्धशान्ति ।

आउँदो बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर –१ बाट नेकपा एमालेका तर्फबाट वडाध्यक्षको उम्मेद्वारी दिएका अनिल वाग्ले यतिवेला आँफूलाई जिताउन भोट माग्दै घरदैलोमा व्यस्त छन् ।

विद्यार्थी जिवनबाटै सामाजिक र सेवामूलक कर्ममा लागेका वाग्ले वडाध्यक्षको दरिलो दावेदार हुन् । सामाजिक, धार्मिक तथा विभिन्न संघसंस्थामा सफलतापूर्वक जिम्मेवारी सम्हालिरहेका वाग्लेले वडाका लागि केही योजनाहरु अघि सादै उम्मेद्धारी दिएका छन् । उनी सञ्चार कर्ममा समेत कार्यरत छन् । प्रसाशनिक काममा पनि दखल राख्ने उनी जुन कामलाई पनि नतिजामुखी बनाउने गरि लाग्छन् ।

संचारकर्ममा १९ बर्षदेखि नै सम्पादकको भूमिका सफलता पूर्वक निर्वाह गरिरहेका उनी सहकारी क्षेत्रमा पनि जिम्मेवार पदमा छन् । उनी एक सफल प्रशिक्षक पनि हुन्, उनले क्षमताविकास, पत्रकारिता, उद्घोषण, वित्तिय साक्षरता, सहकारी शिक्षा, योजना निर्माण, बैठक संचालन विधि, माईन्यूट लेखन, प्रपोजल लेखन लगायतका विभिन्न विषयमा १०० बढी तालिम प्रदान गरिसकेका छन् ।

विचारमा प्रष्ट रहेका वाग्ले योजना अनुरूपका कामलाई सम्पन्न गर्न माहिर छन् । वडाबासीको सेवामा आफूलाई अहोरात्र समर्पित गरिरहेका उनी वडाध्यक्ष पदको उम्मेदवार बनेका हुन् ।

युवाहरूको सहभागितामा आय–आर्जनमूलक कृषि र रोजगारमुलक कार्यक्रमहरू सहितका योजनाले युवालाई आकर्षण गर्ने वाग्ले बताउँछन् । उनले वडालाई सेवा सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक शिक्षा, स्वच्छ हावा, दिगो पर्यावरण, सुरक्षित गाउँको संकल्पलाई अघि सारेका छन् । उनले संस्कृति, सम्पदा र सभ्यता, सवल र सम्मुनत पूर्वाधार, सवल युवा स्वावलम्बी महिला र सिर्जनशील गाउँपालिका बासीको संकल्प अघि सारेका छन् ।

यसका अतिरिक्त बेरोजगार युवाहरूको सिप अनुसारको स्वरोजगार बनाउने उनको भनाइ छ। खेलकुद क्षेत्रमा पनि विशेष कार्ययोजना बनाउने उनको भनाइ छ। त्यस्तै ज्येष्ठ नागरिकहरुको स्वास्थ्यमा पनि विशेष योजना अघि सार्ने, सूचनाको हक नागरिकको मौलिक अधिकार भएकोले वडाका सबै गतिविधिमा सुचनाको पहुँच पु¥याउने, जेष्ठ नागरिक, युवा र बालबालिका तीन पुस्ताको खुशीको लागि प्रभावकारी कार्यक्रमहरु निर्माण गरी लागु गर्ने उनको योजना छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here