बुधवारे, असोज ३१ । एकीकृत नेकपा माओवादी पार्टी गाउँ कमिटि बुधबारेले काठमाडौमा केही हप्ता अघि सम्पन्न एन्फा कप फुटबल राष्ट्रिय प्रतियोगिता बिजेता झापा ११ फुटबल टिमलाई यही कार्तिक ३ गते सोमबार बुधबारेमा सम्मान गर्ने भएको छ ।
खेलाडीका साथै सहिद परिवार तथा ज्येष्ठ नागरिकहरुलाई पनि सम्मान गर्ने कार्यक्रम तय भएको छ । सम्मान कार्यक्रमका साथमा चर्चित कलाकारहरु, हाँस्य कलाकार श्रीकृष्ण लुइटेल (बोकेदाह्री), विल्सनविक्रम राई (तोक्मे बूढा), गायकहरु प्रमोद खरेल, महेश बुढाथोकी, डम्बर नेपाली तथा कुमार लिम्बुद्वारा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिने पनि एमाओवादी बुधबारे गाउँ कमिटिका इन्चार्ज प्रेमबहादुर लिम्बु नेम्वाङले जानकारी गराए ।