नाका बन्द गरिने

0
395

मङ्गलबारे,

आसन्न निर्वाचनलाई लक्ष्य गरी इलामसँग जोडिएका भारतीय सीमा आज रातिदेखि बन्द गरिने भएको छ ।

सूर्योदय नगरपालिका–२ पशुपतिनगरको फाटकसहित र सन्दकपुर गाउँपालिका बिभिन्न नाकामा आवतजावतमा रोक लगाइने जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाद्वारा जारी सूचनामा आज रातिदेखि वैशाख राति १२ बजेसम्मका लागि नाका बन्द गरिने उल्लेख गरिएको छ ।

यसैबीच निर्वाचनलाई मध्यनजर गरी आजदेखि मादक पदार्थ बिक्री र सेवनमा समेत रोक लगाइएको छ ।

मदिरा सेवनका कारण विभिन्न खालका दुर्घटना हुनसक्ने भएकाले मदिरा कारोबार र सेवनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here