रोङमा अध्यक्षमा नेपाली काग्रेस, उपाध्यक्षमा एमालेको अग्रता

0
381

गणेश अर्याल,इलाम ।

इलामको रोङ गाउपालिकामा नेपाली काग्रेसको अग्रता कायमै रहेको छ तर अग्रता सागुरिएको छ । अध्यक्ष पदमा एमालेको मेहरमान तामाङको ८०३ मत आउदा नेपाली काग्रेसको सुवास तामाङको ८ सय ७८ मत आएको छ । यो मतान्तर एमाले भन्दा काग्रेसको ७५ मत बढी हो ।

त्यसैगरी उपध्यक्षमा भने एमालेले लिड गरेको छ । एमालेको बिष्णु भुजेलको ८६९ मत आउदा नेपाली काग्रेसको कल्पना भण्डारी खनालको ७८५ मत आएको छ । उपाध्यक्षमा एमालेको ८४ मत बढी हो । रोङ गाउपालिका वडा नम्बर १ को सबै र वडा नम्बर २ को ५३६ मतपत्र गणना गर्दा सम्मको अवस्था हो ।

त्यसै गरी वडा नम्बर २ को अध्यक्ष पदमा एमालेका उम्मेद्वार पुर्ण तामाङले हाल सम्म २९० मत पाउनु भएको छ । नेपाली काग्रेसका टेकबहादुर तामाङले १४३ मत र स्वतन्त्र उम्मेद्वार चन्द्रशेखर घिमिरेले ८२ मत पाउनु भएको छ ।

वडा अध्यक्षमा पहिलो र दोश्रो धेरै मत पाउने उम्मेद्वारको मतको अन्तर १४७ रहेको छ । रोङ २ मा १४९२ जनाले मतदान गरेको निर्बाचन अधिकृतको कार्यालय रोङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here