फाकफोकथुममा एमालेका अध्यक्ष खनाल र उपाध्यक्षमा राई विजयी

0
494

विमल दहाल, इलाम ।

ईलामको फाकफोकथुम गाँउपालिकामा नेकपा एमालेवाट अध्यक्षका उमेरद्वार दिपेन्द्र खनाल वहाँका निकटतम प्रतिस्पर्धी भन्दा ५०१ मतान्तरले विजयी हुनु भएको छ।

केहि समय अगाडी सकिएको मतगणना अनुसार खनालले ५३२२ मत ल्याएर विजयी हुँदा वहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डिक वहादुर थापाले ४८२१ मत प्राप्त गर्नुभएको थियो ।

लामो समयदेखि मानव अधिकार, सुसाशन, जवाफदेहिता, पारदर्शिता र कानुनी शासन स्थापना क्षेत्रमा कृयाशिल शालिन,भद्र, सहयोगी एवम् बौद्धिक व्यक्तित्व खनाल २०७४ सालको निर्वाचनमा अध्यक्ष पदमै झिनो मतान्तरले पराजय हुनु भएको थियो। त्यस्तै उपाध्यक्ष एमालेकी कल्पना राई (सारु)ले भने वहाँका निकटतम प्रतिस्पर्धी भन्दा ९८४ मतान्तरले विजयी हुनु भएको छ। राईले ५१५८ मत ल्याई विजयी बन्दा वहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका केबि बान्तवा राईले ४१७४ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै वडा नम्बर-१ मा नेपाली कांग्रेसका कर्ण बहादुर लिम्बु सहित नेका प्यानलनै विजयी भएको छ । विजयी लिम्बुलर ८०४ मत ल्याई विजयी हुँदा वहाँका निकटतम प्रतिस्पर्धी एमालेका वेग वहादुर निरौलाले ४७७ मत प्राप्त गर्नु भएको थियो।

वडा नम्बर-२ मा नेपाली कांग्रेसका याम बहादुर खत्री पौडल ७१४ मत सहित विजय हुनु भएको छ। एमालेका देवकुमार राईलाई ७ मतान्तरले पौड्याल बिजयी हुनु भएको हो। राईले ७०७ मत प्राप्त गर्नुभएको थियो। वडा नम्बर २ मा एक खुला सदस्य बाहेक सबै पदमा नेपाली कांग्रेस विजयी भएको छ।

फाकफोकथुम वडा नम्बर ३ मा नेकपा एमालेका दिपेन्द्र लिम्बु सहित एमाले प्यानलनै विजयी भएको छ। विजयी लिम्बुले ७५८ मत प्राप्त गर्दा वहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्र पौडेलले ६७२ मत प्राप्त गर्नुभएको छ।

वडा नम्बर ४ मा नेपाली कांग्रेसका पदम बहादुर मगर वडा अध्यक्षमा निर्बाचित हुनु भएको छ भने सबै वडा सदस्य नेकपा एमालेले विजय प्राप्त गरेको छ। विजयी मगरले १०१९ मत प्राप्त गर्दा वहाँका निकटतम प्रतिस्पर्धी एमालेका हरि प्रसाद दंगालीले ८६८ मत प्राप्त गर्नुभएको थियो।

वडा नम्बर-५ मा एमालेका सिद्धमान आले ८२१ मत प्राप्त गर्दै एमाले प्यानलनै विजयी भएको छ। वहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नगेन्द्र कुमार सुब्बाले ५४५ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै फाकफोकथुम ६ मा नेकपा एमालेका टंकनाथ खनाल सहित एमाले प्यानलनै विजयी भएको छ । विजयी खनालले ५११ मत ल्याउदा वहँका निकटतम प्रतिस्पर्धी लक्ष्मण राईले ४७६ मत प्राप्त गर्नुभएको थियो।

वडा नम्बर-७ मा नेपाली कांग्रेसका छत्र बहादुर लिम्बु ७५९ मत सहित विजय हुँदा वहँका निकटतम प्रतिस्पर्धी एमालेका पंच वहादुर योङहाङ लिम्बुले ६८३ मत प्राप्त गर्नुभएको छ। वडा नम्बर ७ मा वडा अध्यक्ष र एक दलित सदस्य नेकाले विजय प्राप्त गर्दा वाँकी ३ सदस्य एमालेले जीत हात पारेको छ।

पाँचथर संग सिमना जोडिएको फाकफोकथुम गाँउपालिकामा ३७ पदका लागि भएको निर्वाचनमा अध्यक्ष उपाध्यक्ष सहित २३ पदमा एमाले र १४ पदमा नेपाली कांग्रेसले जित हासिल गरेको फाकफोकथुम गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत दिलकुमार लिम्बुले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here