बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा कांग्रेसका मनोज प्रसाईं र उपाध्यक्षमा एमालेका भवानी खतिवडा विजयी

0
766

झापा ।

झापाको बुद्धशान्ति गाउँपालिका अध्यक्षमा नेपाली नेपाली काँग्रेसका मनोज प्रसाईं निर्वाचित भएका छन् ।

प्रसाईले उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार मिरा भूर्तेललाई ३०११ मतान्तरले पछि पार्दै विजयी बनेका हुन् । प्रसाईंले ११४०३ मत ल्याएका छन् भने एमालेका भूर्तेलले ८३०२ ल्याएकी थिइन् । भूर्तेल गाउँपालिकाकी निबर्तमान उपाध्यक्ष समेत थिइन् ।

बुद्धशान्तिको उपाध्यक्षमा एमालेका उम्मेदवार भवानी खतिवडा विजयी भएका छन् । उनले ८०७४ मत त्याएर उनका निकटतम प्रतिद्धन्द्धी नेकपा (माओवादी केन्द्र) का उम्मेदवार खड्ग तिम्सिनालाई पराजित गरेका छन् । तिम्सिनाले ५२१६ मत ल्याएका छन् ।

उक्त गाउँपालिकामा काँग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए। गाउँपालिकामा रहेका सात वडा मध्ये १ र ७ को वडाअध्यक्षमा एमाले निर्वाचित भएको छ भने अन्य वडाको वडाअध्यक्ष काँग्रेसले जितेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here